अंगदान गर्नेलाई पैसा दिइने

अंगदान गर्नेलाई पैसा दिइने


लण्डन । चीन सरकारले भर्खरै सदनमा पारित गर्नका लागि एउटा मस्यौदा तयार पारेको छ । यो नियम स्वेच्छाले अरुको शरीरमा आफ्नो शरीरको अंग दान गरेर प्रत्यारोपण गर्नेसम्बन्धी रहेको कुरा प्रकाशमा आएको छ । स्वेच्छाले, अर्थात् आफूखुशी भएर अरुलाई अंग दान गर्नेहरुलाई आर्थिक योगदानस्वरुप पैसा प्रदान गर्ने कुरा नयाँ नियममा उल्लेख गरेको छ । यो नियम पारित भएपछि अहिले टड्कारो रुपले मागमा रहेको शारीरिक प्रत्यारोपणको समस्या समाधान हुने साथसाथै अवैध तरिकाले शरीरका अंगहरु किनबेच गरेर प्रत्यारोपण गर्नेजस्ता विषयहरु उपर रोकथाम हुने विश्वास गरिएको छ । चीनका सहायक स्वाथ्यमन्त्री हुआङ जिइफूका अनुसार यस नियमले आर्थिक फलस्वरुप पैसा प्रदान गरिनुका साथै अंग दान गर्ने व्यक्तिका परिवारका लागि पनि आर्थिक सुविधाहरु राजश्व मिनाह, चिकित्सा बीमा अथवा बच्चाहरुका पढाइ निःशुल्क गरिनेछ । ड्राइभरहरूका लागि लाइसेन्स दर्ता गर्दा स्वेच्छाले अंगदान गर्नेबारे विकल्प रोज्न लगाईने छ । प्रत्येक वर्ष चीनमा पन्द्रह लाखभन्दा बढी मानिसहरू अंग प्रत्यारोपणका लागि पर्खेर बसेका हुन्छन्, तर, तिनीहरुमध्ये केवल दशहजार भाग्यमानीहरुले मात्र अंग प्रत्यारोपण गर्न पाउँछन् । श्रोत -मेट्रो, सुमल, मेस ।