तुवाँलोले प्याराग्लाइडिङको बाटो छेकेपछि…

तुवाँलोले प्याराग्लाइडिङको बाटो छेकेपछि…


Pokhara paraglaiding 2

केही दिनयता तुवाँलोका कारण पोखरामा सञ्चालित प्याराग्लाइडिङमा दैनिक सात लाख घाटा हुने गरेको छ । प्याराग्लाइडिङमार्फत पोखरासहित उच्च हिमाली शृङ्खलाको दृश्यावलोकन गर्न आउने पर्यटक तुवाँलोका कारण प्रभावित बनेका त छन् नै यसले प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई पनि ठूलो मार परेको छ ।

पोखराको सराङ्कोटबाट दैनिक लगभग २०० को सङ्ख्यामा प्याराग्लाइड उड्ने गरेकोमा तुवाँलोका कारण त्यो सङ्ख्या आधा नै घटेको छ । नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष सोभियत बानियाँ भन्छन्– ‘पोखरामा तुवाँलोका कारण १०-१२ दिनयता एक किमि पनि भिजिविलिटी छैन, भिजिविलिटी नभएका कारण दृश्यावलोकनका लागि प्याग्लाइडिङ गर्ने पर्यटक प्रत्यक्ष मारमा परेका छन् भने व्यवसायीले दैनिक करिब रु सात लाख बराबरको घाटा बेहोर्नु परेको छ ।’

प्याराग्लाइडिङको आकर्षणसँगै दुई वर्षको अन्तरालमा नेपालमा यो सेवा सञ्चालन गर्ने कम्पनी तेब्बर बढेको छ भने पोखरामा मात्रै हाल ४५ वटा कम्पनीले उडान गरिरहेका छन् ।
Pokhara paraglaiding