चार एआइजी पदासिन

चार एआइजी पदासिन


Aig 1

नेपाल सरकार मन्त्रीपरिषद्को २०७२ चैत २६ गतेको निर्णयअनुसार पदोन्नती भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दज्र्यानी चिन्ह शुसोभन गरेका छन् । दज्र्यानी चिन्हबाट सुशोभित हुने अधिकृतहरु २०७१ साल साउन २९ गतेदेखि लागू हुने गरी प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका हुन् । दज्र्यानी चिन्हबाट सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरुमा यादव अधिकारी, पर्शुराम खत्री, विश्वराज सिंह शाही र सुशीलबरसिंह थापा रहेका छन् ।

सुशोभन समारोहमा प्रहरी महानिरीक्षक अर्यालले पदोन्ती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै संगठनको गरिमा उचो हुने किसिमबाट रचनात्मक काम गर्नुपर्ने बताए । मुलुक संविधान कार्यान्वयनको बाटोमा रहेको यस घडीमा थुप्रै किसिमका सुरक्षा चुनौती आउने हुँदा सबै किसिमका चुनौतीहरुको डटेर मुकाविला गर्न संगठन तयार रहनुपर्ने उनकोतर्कथियो ।

समारोहमा दज्र्यानी चिन्हबाट सुशोभित हुने अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीले कानुनी मुद्धा कानुनी रुपमा समाधान भएको चर्चा गर्दै राष्ट्र, संगठन र नागरिकको हितमा काम गर्ने उल्लेख गरे ।

स्मरण रहोस्, तत्कालीन समयमा १३ जना प्रहरी नायब महानिरीक्षकमध्ये सातजना बढुवा हुनुपर्नेमा वरिष्ठतामा १३आँैं नम्बरमा रहेकालाई बढुवा गरिएपछि अन्य छजना प्रहरी नायब महानिरीक्षकले सर्वोच्चमा उजुरी दिएका थिए । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र ओमप्रकाश मिश्रको संयुक्त इजलासले २०७१ साल साउन ८ गते फैसला गर्दै पद भए सोही पदमा र नभए विशेष दरबन्दी सिर्जना गरी प्रहरी नायब महानिरीक्षकलाई बढुवा गरी पदस्थापन गर्ने फैसला गरको थियो । फैसला गरेको डेढ वर्षपछि गत चैत २६ गते मन्त्रिपरिषद् बैठकले चारजनालाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

वरिष्ठतामा ७, ८, ९, १०, १२ नम्बरमा रहेकालाई बढुवा नगरिए पनि उनीहरुभन्दा कनिष्ठ रहेका ११औँ नम्बरमा रहेका रामशेखर बज्राचार्य र १३ नम्बरका केदार साउदलाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो । यसमध्ये नारायण बस्ताकोटी र गणेशराज राईलाई पछि बढुवा गरिए पनि अन्य चारजनाको भने बढुवा हुनसकेको थिएन ।
Aig 2