जापानी हिमाल आरोहीको सार्वजनिक सम्मान

जापानी हिमाल आरोहीको सार्वजनिक सम्मान


Japani _Ktm_160430_IMG_0130

मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवको अवसरमा प्रथम मनास्लु आरोही मिनोरु हिगेटालाई राजधानीमा सार्वजनिक अभिनन्दन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, नेपाल पर्वतारोहण सङ्घ र काठमाडौँ महानगरपालिकाले आरोही हिटेगालगायत दुवै हिमाल आरोहण गर्ने अन्य आरोहीलाई सम्मान गरेको हो ।

शनिबार नारायणहिटी सङ्ग्रहालयमा आयोजित समारोहमा पर्यटन राज्यमन्त्री बलबहादुर महतले आरोहीहरुलाई अभिनन्दन र सम्मान गर्नु गर्दै नेपालको पहिचानलाई विश्वमा फैलाउन र नेपाल र जापानबीचको सम्बन्धलाई थप मजबुत बनाउन यो कार्यक्रम महत्वपूर्ण हुने बताए ।

सगरमाथा आरोहण गर्ने जापानी प्रथम महिला जुनको तावेइ, अन्य चर्चित आरोही सहभागी समारोहमा पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राई, पर्यटन व्यवसायीका संघसंस्थाका पदाधिकारी, महानगरपालिकाका प्रमुखलगायतको उपस्थिति रहेको थियो । पर्यटन सचिव राईले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रमले सहयोग पु¥याउने बताए ।

यसअघि मनास्लु–ल्होत्से हीरक महोत्सव मुल आयोजक समितिले टुँडिखेलदेखि कान्तिपथ, ठमेल, सोह्रखुट्टे, लैनचौर हुँदै नारायणहिटी सङ्ग्रहालयसम्म प्रभातफेरि आयोजना गरेको थियो । प्रभातफेरिमा हिगेटालगायत राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय हिमाल आरोहीको सहभागिता रहेको थियो । प्रभातफेरिमा नेपाली सेना, नेपाल प्रहरीका व्याण्ड बाजासहित सहभागी भएका गुरुङ, शेर्पा समुदायका व्यक्तिले आफ्नै वेशभूषा, संस्कृति झल्कने झाँकी प्रदर्शन गरेका थिए ।
Palace CB_Ktm_160430_IMG_0236