राष्ट्रियता, उच्चता, अनुभव र निमित्त भोगहरु

राष्ट्रियता, उच्चता, अनुभव र निमित्त भोगहरु


भर्खरै विलियम्स र केटको विवाह धुमधामका साथ सम्पन्न भयो । संसारका विभिन्न राजतन्त्रात्मक देशलगायतका पारम्परिक देशहरुमा पनि अराजकताको उत्श्रृंखल स्वरुप देखिन थालेको राष्ट्रिव्यापी सन्दर्भमा, यहाँबाट संसारभरका एक तिहाइ मानिसहरुबाट प्रत्यक्ष प्रसारणद्वारा शाही विवाहको उत्कृष्टता हेरिएको परिवेशमा, सोही सन्दर्भ विचारणीय भएको छ । विद्यार्थीहरुको हडतालको समयमा भएको प्रिन्स चार्ल्समाथि गरिएको साङ्घातिक आक्रमणको बेला, राजतन्त्रात्मक प्रतिको जनचाहनाको प्रभाव यहीँ यूकेमा पनि निक्कै पातलो हुँदै गएको सर्वत्र चर्चा गरिएको थियो । त्यसो त थाइल्याण्डमा पनि वर्तमान अन्योल परिवेशलाई जनचाहनाअनुरुप प्रतिस्थापन गर्न नसक्नु वा सोप्रति व्यक्त गरिएको निर्देशनलाई गम्भीरताका साथ कार्यान्वयन भए नभएको बुझ्नेतर्फ राजसंस्था सम्वेदनशील नदेखिनुले पनि त्यहाँ पनि संस्थाको प्रभावहीनताको अवस्था आइसकेको सन्दर्भहरुमा चर्चिन थालिएका छन्, त्यसमाथि, थाइल्याण्डमा अझै पनि राजालाई परमेश्वर मान्ने सर्वसाधारणहरुको जनमानसिकता अझै सम्पूर्ण देशमा अत्यधिक मात्रामा छन् । त्यसको अर्को पाटामा रहेको देश, जो प्रजातन्त्रको द्योत्तकको रुपमा संसारमा हेरिन्छ, मा, यो पालि, राजकुमारको विवाहमा देखिएको जनउत्साह, अहिलेको परिवेशमा निकै मनन योग्य मानिएको छ ।
के लाग्छ भने, जनतालाई जीवनको उत्कृष्टताबारे बुझ्न वा भोग्नको लागि आफ्नै अनुभवको जरुरत हुँदैन, जरुरत पर्दैन, अथवा यस्तै लाग्दछ, तिनले अन्यका अनुभवलाई पनि आफ्नै भोग सम्झन समर्थ छन्, विवश छन्, या यस्तै । जे होस्, फैरी-टेल जस्तै व्यवस्थित र समर्पित देखिएको शाही विवाहलाई यस परिवेशमा जनताहरुले विवाहको उत्कृष्टताको रुपमा भोगे भन्नु नै पर्दछ । आम मानिसभन्दा उच्च अवस्थामा जीवन यापन गर्न समर्थ पारम्परिकतामा आम मानिसकै शैलीलाई अवलम्वन गरेको देख्नु पनि जनाकर्षणको एक कारण हुनसक्दछ भने, एक आम हालातकी युवती केटको जीवनले अचानकै पाएको आमूल परिवर्तनको साक्षी हुने आम प्रलोभन पनि अर्को कारण हुनसक्छ, तर यो पक्कै हो कि, विल्स र केटको विवाहकै सन्दर्भलाई पारेर यस वर्तमान अवस्थामै पनि आम मनहरुमा शाही संस्था वा विशेष अवस्थाका जीवनहरुप्रति अचानकै चाह पलाएको भने छ ।
सर्वसाधारण मन कति विवश हुन्छ, तथाकथित स्वर्गीय अनुभवको भोग तथाकथित रुपमा भोग्न भन्ने यो पालि देखिएको छ । संसार कुनै न कुनै किसिमले आस्थामा नै अडेको हुन्छ । सर्वसाधारण अवस्थाको यथार्थप्रति जानकार भई विशेष अवस्थाको यथार्थलाई स्वीकार्नु वास्तवमा अमानुष होइन, अव्यवहारिक होइन, असान्दर्भिक होइन । आस्थाको कुनै पनि जडलाई हामी समात्न सक्छौं । बराबर वा बराबरीको मापन स्थितिले होइन, मानसिकताले गर्ने हो ।