नेपाल फोरम ग्रीनविचको सूचना !

नेपाल फोरम ग्रीनविचको सूचना !


सूचना ! सूचना ! सूचना !
बेलायतमा बसोबास गर्दै आएका गैर आवासीय नेपालीहरुका समूहले सन् २००२ मा स्थापना गरिएको संस्था नेपाल फोरम ग्रीनविच (यू.के.)को तेश्रो अधिवेशन हुन गइरहेको सूचना यहाँहरुलाई अवगत गराउन चाहान्छौ । हालका कार्यकारी समितिको निर्णयअनुसार निम्न लिखित मिति, समय र स्थानमा समितिको तेश्रो अधिवेशन भव्यताका साथ सम्पन्न हुँदैछ । सो अधिवेशनमा उपस्थित तथा सहभागी भएर अधिवेशन सफल पारिदिनुहुनेछ भन्ने हार्दिक अपील सम्पूर्ण नेपालीहरुलाई यसै सूचनामार्फत गर्दछौं ।
स्थान : सेन्ट पैट्रिक हल, कन्वेरोड, प्लमस्टिड, लण्डन ।
मिति : ०५ जून २०११
समय : दिनको २ बजे

कार्यकारी समिति
नेपाल फोरम ग्रीनविच (यूके)