बलात्कारपछि मनिषाको हत्या गरिएको आशंका

बलात्कारपछि मनिषाको हत्या गरिएको आशंका


Manisha Gharti

फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ । बुधबार राती नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित घरमा एक्लै रहेकी मनिषा बिहीबार बिहान घरभित्र मृत फेला परेकी थिइन् ।

नवलपरासीस्थित घरमा आमा र छोरी मनिषा मात्रै बस्दै आएकोमा आमा अघिल्लो दिन कामका लागि बुटवल गएर बिहान घर फर्कंदा घरमा छोरी मृत भेटिएपछि आफन्त र प्रहरीलाई खबर गरेकी थिइन् । उनी मृत भेटिएको खाटमा रगतका दाग भेटिएको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र चौधरीले जानकारी दिएका छन्। टेबुलमा खुट्टा र आधा शरीर खाटमा रहेको अवस्थामा उनको शव भेटिएको र मनिषाको बलात्कार भएको समेत हुन सक्ने प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई प्रहरीले अनुसन्धान थालेको र बिहिाबार बेलुकासम्ममा यथार्थ कुरा बाहिर आउने अपैषा गरिएको छ । न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी मनिषाको विभत्स अवस्थामा शव फेला परेपछि उनका आफन्त र साथीहरु शोकमा परेका छन् ।