यस्तो छ पूर्वराजाको जन्मोत्सवको तयारी

यस्तो छ पूर्वराजाको जन्मोत्सवको तयारी


Gyanendra Shah 073

पूर्वराजा ज्ञानेन्द्रको ७०औँ शुभजन्मोत्सव भव्य रूपमा मनाउन तीन हजार पाँच सय ७० सदस्यीय तयारी समिति गठन भएको छ । शुभजन्मोत्सव एक सातासम्म भव्यताका साथ मनाइने भएको छ । असार २३ गतेको जन्मोत्सवका लागि तीन हजार पाँच सय ७० सदस्यीय शुभजन्मोत्सव मूल समारोह समिति गठन गरिएको छ । समितिका महासचिव राधेश्याम थापाका अनुसार, प्रा. बलभद्र भारतीको अध्यक्षतामा गठित उक्त समितिले असार २१ देखि २८ गतेसम्म देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गर्नेछ । जसका लागि व्यवस्थापन समितिमा तीन सय ६८ जना राखिएको छ भने सहअध्यक्षमा सांसद गीता क्षेत्री राणा, डा. मञ्जुरत्न शाक्य, श्रीमती भेषराज्यलक्ष्मी सिंह, इन्दिरा मल्ल, रिना तुलाचन र किशोरी महतो रहेका छन् ।

यसैगरी उपाध्यक्षमा सांसद कमला शर्मा, सइन्द्र बान्तवा, रामकृष्ण पन्त, डा. उषा ठाकुर, राजाराम श्रेष्ठ, ध्रुव महर्जन, शुभद्रा विश्वकर्मा, विष्णु भट्टराई, प्रमिला सिंह, रामु राई, धनेन्द्र बस्नेत, मणिराज तामाङ, टंकबहादुर श्रेष्ठ, तारानाथ लुइँटेल, सलिम खान गौस, दहिन्द्रबहादुर ठकुरी, सदमशमशेर जबरा, केशव भण्डारी, सलिम खान, मीरा राणा, डा. अञ्जु शाह सिंह, विक्रमबहादुर बम, शंकर पौडेल, सुमित्रा मधिकर्मी र ज्योत्सना राज्यलक्षमी थापा रहेका छन् । महासचिव थापाका अनुसार पूर्वराजाको शुभजन्मोत्सवमा विभिन्न मन्दिरमा पूजाआजा तथा अन्य सामाजिक कार्यक्रम गरिनेछ । साथै जन्मोत्सवका दिन विभिन्न मन्दिरको प्रसाद ग्रहणका लागि पूर्वराजासमक्ष पुर्‍याइनेछ ।