एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक’


Ncell

देशकै अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी दाबी गर्दै आएको एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । यसअन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब ३० मिनेट अन–नेट टक टाइम करसहित रू.८ मा खरिद गर्न सक्ने र प्याक सुचारु भएपछि करसहित मात्र २७ पैसा प्रतिमिनेटमा एनसेलको अन्य कुनै पनि नम्बरमा कुरा गर्न सक्छन् । यो प्याकको सुविधा बिहान ५:०० बजेदेखि बेलुका ५.०० सम्ममा लागु हुनेछ । यो प्याक सुचारु गरेको समयबाट २४ घण्टाका लागि मान्य हुनेछ र ग्राहकले बिहान ५.०० देखि बेलुका ५.०० सम्ममा यो सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । यो भ्वाइस प्याक योजना असार ८ गतेदेखि लागू भएको छ ।

एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ ह्यास डायल गरी यो प्याक सुचारु गरी योजनाअन्र्तगतको सुविधाको लाभ लिन सक्छन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार जति पटक पनि यो प्याक लिन सक्छन् र पछिल्लो पटक सुचारु प्याकको आधारमा समयावधि थपिने छ ।

‘आफ्ना प्रिपेड ग्राहकका लागि करसहित मात्र २७ पैसा प्रतिमिनेटको दरमा एनसेलको अन्य नम्बरमा कल गर्न सकिने यो आकर्षक प्याक ल्याउन पाउँदा हामी हर्षित छौँ । प्याकको समयावधि २४ घण्टा रहेकोले दिउँसो प्याक सुचारु गरेका ग्राहकले टकटाईम बाँकी छ भने भालिपल्ट बिहान ५ बजेबाट दिउँसोसम्म पनि यो टकटाइम प्रयोग गर्न सक्छन्,’ एनसेलका कर्पोरेट सम्वादविज्ञ मिलन शर्माले भने । ‘यो अफर ग्राहकहरूलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्घताको एउटा अर्को प्रमाण हो,’ उनले थपे ।

एनसेलका अनुसार प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । ग्राहकले पनि एस्ट्रिक्स् ९०१ ह्यास डायल गरी आफ्नो बाँकी टक टाइमको जानकारी लिन सक्छन् । यो योजना ९० दिनको लागि लागू हुनेछ । यसअघि ल्याइएको दैनिक र साप्ताहिक भ्वाइस प्याकहरूलाई पनि एनसेलले स्थायी बनाएको छ, जसअन्र्तगत ग्राहकले दैनिक भ्वाइसप्याकमा करसहित एक रुपैयाँ र साप्ताहिक भ्वाइस प्याकमा करसहित ८६ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्छन् ।