ग्लोबल र प्यासिफिकबीच एक्विजिसनको सहमति

ग्लोबल र प्यासिफिकबीच एक्विजिसनको सहमति


ग्लोबल आइएमई बैंक लि.ले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्यासिफिक डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष भेषबहादुर पौडेलले हस्ताक्षर गरेका छन् । दुवै बैंकबीच एक्विजिसनसम्बन्धी सबै काम–कारवाही ३ महिनाभित्रै सम्पन्न गर्ने सहमति भएको छ ।

लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई एकजिल्ले विकास बैंकको रूपमा विगत ७ वर्षदेखि कारोबार गर्दै आएको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चुक्ता पूँजी ११ करोड रहेको छ । प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी रु. ६ अर्ब २७ करोड, कुल निक्षेप रु. ७१ अर्व, कर्जा लगानी रु. ६१ अर्ब र ९४ वटा शाखा कार्यालय पुग्नेछन् ।

globel