सनातनी हिन्दूहरूको अन्तर्राष्ट्रिय विराट सभा हुँदै

सनातनी हिन्दूहरूको अन्तर्राष्ट्रिय विराट सभा हुँदै


सम्मेलनको उद्घाटन पूर्व श्री ५ महाराजाधिराजबाट

Yogi Adityenath

सनातनी हिन्दू राष्ट्र्रको पहिचान मेटी धर्मनिरपेक्षतासहितको संविधान जारी गरिएको ठीक तेह्र महिनापछि राजधानी काठमाडौंमा अन्तर्राष्ट्रिय विराट हिन्दू सम्मेलन हुने भएको छ । आगामी कात्तिक ४, ५ र ६ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिने उक्त विराट सम्मेलनको उद्घाटन पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट हुने बताइएको छ । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिको मुख्य आयोजनामा हुने सो कार्यक्रमको संयोजकमा जनरल भरतकेशर सिंह, सहसंयोजक भारतीय लोकसभा सदस्य एवम् गोरखनाथ पीठाधिश्वर योगी आदित्य नाथ र पूर्वमहासेनानी हेमबहादुर कार्की रहेका छन् । विश्वका ४४ देशका हिन्दूहरूको प्रतिनिधित्व रहने विराटसभामा चारवटै पीठका शङ्कराचार्य र एक हजारभन्दा बढी मठाधीश तथा धार्मिक गुरुहरूको विशेष उपस्थिति रहने बुझिएको छ । दुई लाखभन्दा बढी हिन्दू सनातनीहरूको सहभागिता गराइने उक्त सभामा बाह्य मुलुकबाट करिब दुई हजार प्रतिनिधि उपस्थित रहने आयोजक पक्षले जनाएको छ । रंगशालामा उद्घाटन सत्रको आयोजना गरिए पनि कमलपोखरीस्थित जैन भवन या अग्रवाल भवनमा बन्द शत्र र टुँडिखेल खुला मञ्चमा समापन समारोह आयोजना गर्ने सोच आयोजक पक्षले बनाएको छ ।

सनातनी हिन्दूहरूको अन्तर्राष्ट्रिय विराट सम्मेलनले नेपाललाई हिन्दू राष्ट्र्र बनाउन विशेष प्रस्ताव पारित गर्ने तयारी आयोजकहरूले गरेका छन् । त्यसबाहेक नेपाललाई हिन्दू राष्ट्र्रकै रूपमा कायम राख्ने अठोटसहित सो महासभाले विभिन्न कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको पनि बुझिएको छ । विराटसभामा के–कति सङ्ख्यामा साधु, सन्त र महात्माहरूको सहभागिता रहने भने स्पष्ट भइसकेको छैन, तर छिमेकी मुलुक भारतबाट मात्र हजारौँको सङ्ख्यामा साधुसन्तहरूको उपस्थिति गराइने छ । विराट सभामा नेपालका सबै धार्मिक सङ्घसंस्था र हिन्दू राष्ट्र्रका निम्ति सङ्घर्षरत अन्य संस्था तथा व्यक्तित्वहरूलाई सहभागी गराइने भएको छ । विराट सभाले नेपालमा हिन्दुत्व जागरण ल्याउन ठूलो योगदान पुर्‍याउने विश्वास यसका आयोजकले गरेका छन् ।

नेपाललाई केही राजनीतिक दलहरूले गणतन्त्रसहितको धर्मनिरपेक्ष मुलुक बनाएकोप्रति असहमति जनाउनकै लागि नेपालका पूर्व श्री ५ महाराजाधिराजबाट विराट सम्मेलनको उद्घाटन गराउने तयारी भएको बुझिन्छ । नेपालको राज्यसत्ताबाट राजाको भूमिकालाई विस्थापित गरिए पनि विश्वभरिका हिन्दूहरूको एक मात्र सम्राटका रूपमा सम्मान दिँदै पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट सभाको उद्घाटन गराउने कार्यक्रम राखिएको आयोजक पक्षले बताएको छ । विराट सम्मेलनलाई सरकारी पक्षले अड्चन पैदा गरे त्यही बिन्दुबाट निर्णायक सङ्घर्ष प्रारम्भ गर्ने र नेपाललाई हिन्दू राष्ट्र बनाएपछि मात्र सङ्घर्षले विश्राम लिने दृढता पनि आयोजकले गरेका छन् ।

नेपालमा हाल हिन्दुत्व विरोधीहरूको राज्यसत्ता कायम रहेको र उनीहरूले धर्मनिरपेक्ष संविधान कार्यान्वयनको निम्ति अनेकौँ प्रयास गरिरहेका भए पनि अहिलेसम्म सत्तासीनहरू संविधान कार्यान्वयनमा असफल रहेका छन् । आगामी असोज २ गतेभित्र संविधान कार्यान्वयन हुन नसकेमा असोज ३ गतेपछि एकप्रकारले संवैधानिक रिक्तताको अवस्था पैदा हुने विश्वास विराट सभाका आयोजक तथा राजनीतिक विश्लेषक र कानुनवेत्ताहरूले गरेका छन् । संविधान कार्यान्वयन नभएर उत्पन्न हुने रिक्ततालाई नेपाली राष्ट्रियताको पक्षमा नयाँ मोड दिन सकिने विश्वास पनि आयोजक पक्षले गरेको छ । विराटसभापछि नेपाली राजनीतिले कोल्टे फेर्न सक्ने सम्भावना देखिएको छ । त्यसैले विराट सम्मेलनले नेपाली राजनीतिमा वैकल्पिक महाशक्तिको उदय गराउने ठानिएको छ ।

नेपाललाई केही राजनीतिक दलहरूले गणतन्त्रसहितको धर्मनिरपेक्ष मुलुक बनाएकोप्रति असहमति जनाउनकै लागि नेपालका पूर्व श्री ५ महाराजाधिराजबाट विराट सम्मेलनको उद्घाटन गराउने तयारी भएको बुझिन्छ । नेपालको राज्यसत्ताबाट राजाको भूमिकालाई विस्थापित गरिए पनि विश्वभरिका हिन्दूहरूको एक मात्र सम्राटका रूपमा सम्मान दिँदै पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट सभाको उद्घाटन गराउने कार्यक्रम राखिएको आयोजक पक्षले बताएको छ । विराट सम्मेलनलाई सरकारी पक्षले अड्चन पैदा गरे त्यही बिन्दुबाट निर्णायक सङ्घर्ष प्रारम्भ गर्ने र नेपाललाई हिन्दू राष्ट्र्र बनाएपछि मात्र सङ्घर्षले विश्राम लिने दृढता पनि आयोजकले गरेका छन् । नेपालको इतिहासलाई सच्याउनका निम्ति आयोजना गर्न लागिएको विराट सम्मेलन आफ्नो उद्देश्य पूर्ति गर्न कति सफल हुने हो सो भने प्रतीक्षाको विषय बनेको छ ।