तिलगङ्गामा सुविधासम्पन्न धर्मशाला बन्ने

तिलगङ्गामा सुविधासम्पन्न धर्मशाला बन्ने


5 pfr news pic

राजधानीको तिलगङ्गामा भारत सरकारले विशाल धर्मशाला निर्माण गरिदिने भएको छ । नेपाल भारत मैत्री पशुपति धर्मशालाको भवन निर्माणका लागि भारत सरकारले करिव २२ करोड अनुदान सहयोग गर्ने भएको छ । नेपालका लागि भारतीय राजदूत रन्जीत राय, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डन एवम् सम्बन्धित अन्य उच्चाधिकारीहरूको उपस्थितिमा गत साता भारतीय दूतावास र लामा–रमण जेभीबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आगामी १८ महिनाभित्र निर्माण सम्पन्न भइसक्ने धर्मशालामा भक्तजनका निम्ति आवश्यक सबै सुविधाका साथ पुस्तकालयसमेत रहने छ । उपत्यकाका विभिन्न सांस्कृतिक महत्त्वका धरोहरको मरम्मत, पुनर्निर्माणलगायत कार्यमा भारत सरकारले पाँच अर्बभन्दा बढी सहयोग उपलब्ध गराइसकेको छ भने लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाम, मनकामनास्थित धार्मिक–सांस्कृतिक मठ–मन्दिर रिनोभेटका निम्ति पनि मित्रराष्ट्र भारतले करोडौँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।