सर्वाधिक उचाइबाट सेल्फी

सर्वाधिक उचाइबाट सेल्फी


british_photographer selfy

त्यसो त सेल्फी खिच्ने प्रचलनले आजको आधुनिक समाजमा एउटा संस्कारकै रूप लिइसकेको छ । हातमा सुविधायुक्त मोबाइल फोन हुनेहरू असाधारण अवसरदेखि सामान्य अवस्थामा समेत सेल्फी लिन चुक्दैनन् । यसरी सेल्फीको प्रचलन बढे पनि हालसम्म सर्वाधिक उच्च स्थानमा सेल्फी लिने रेकर्ड भने इङ्ग्ल्यान्डका एक फोटोग्राफरले बनाएका छन् । संसारको अहिलेसम्मकै सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’ (दुबई)को टुप्पोबाट सेल्फी खिच्ने उपलब्धि बेलायतका ४७ वर्षीय गेराल्ड डोनोवानले हासिल गरेका हुन् । दुई हजार सात सय २३ फिट अग्लो स्थानबाट सेल्फी लिन डोनोवानले आइफोन एपको माध्यमबाट प्यानोरमिक क्यामेरा प्रयोग गरेका थिए । ‘दुबई ३६०’ प्रोजेक्टअन्तर्गत उनले लिएको सेल्फीबाट दुबई सहरलाई हरकोणबाट नियाल्न सकिन्छ । स्मरण रहोस्, फ्रान्सका दुई साहसी जम्पर नासिर अल नेयादी र उमर अल हेगेलनले सन् २०१० मा बुर्ज खलिफाको ६ सय ७२ मिटर उचाइबाट फाल हानेर विश्वरेकर्ड कायम गरेका थिए । पछि पेसेवर जम्पर विन्स रेफेत र फ्रेद फुगेनले सोही विल्डिङको आठ सय २८ मिटर उचाइबाट छलाङ लगाएर उक्त रेकर्ड तोडेका थिए ।