
संसारमा अनेक सोख भएका मानिस छन् । कसैलाई खेलौना प्रिय हुन्छ त कोही खानेकुरामा रमाइरहेका हुन्छन् । कोही फिल्म हेर्नमा आनन्द मान्छन् भने कोही सपिङ गर्दा आफूलाई सन्तुष्टि मिल्ने बताउँछन् । यस्तै अनेक–अनेक रुचि वा सोख बोकेकामध्ये विशेषमा पर्छन् चैमरे केन्डल नामक व्यक्ति । यी आफ्ना अनौठा सोख वा हर्कतहरूलाई युट्युवमा अपलोड गरेर दुनियाँलाई मनोरञ्जन दिने पात्रका रूपमा चर्चित छन् । केन्डलले पछिल्लोपटक खुर्सानीको धुलोको लेदोमा नुहाउने आफ्नो सोख उजागर गरेर सबैलाई चकित पारेका छन् । अत्यन्त पिरो खुर्सानीको धुलोले भरिएको बाथटबमा डुबुल्की मारी–मारी नुहाउनु उनका लागि सामान्य कुरा भएको छ । आफ्नो यस तिखो सोख पूरा गर्न दिनहुँ केन्डलले निकै पैसा खर्च गर्नुपरेको बताइन्छ ।
प्रतिक्रिया