
कुनै पनि व्यक्तिको शारीरिक उचाइ उसको एक महत्वपूर्ण पहिचान मानिन्छ । राम्रो हाइट भएका व्यक्ति विशेष आकर्षणको केन्द्र बन्न पुग्छ । तर, यसो भन्दैमा मानिसले चाहेको हाइट पाउँदैनन्, प्राकृतिक रूपमै सबैको आ–आफ्नो आकारप्रकार निर्धारित भएको हुन्छ । विशेष हाइटको विशेष महिमा हुने कारणले कम उचाइ हुने मानिस आफ्नो हाइटप्रति गुनासो गरिरहेका हुन्छन् । तर, विज्ञानको एक नतिजाले अब कम हाइट हुनेले आफूप्रति धिक्कार मान्नु नपर्ने अवस्था पैदा गरिदिएको छ । वैज्ञानिकहरूद्वारा हालै गरिएको एक शोधको नतिजाअनुसार कम उचाइ भएका व्यक्ति अग्लेहरूको तुलनामा ज्यादा बाँच्छन् । अर्थात् लम्बुहरूभन्दा होचा–पुड्काको उमेर लामो हुन्छ । जापान र अमेरिकाका शोधकर्ताहरूले संयुक्त रूपमा आठ हजार मानिसमाथि गरेको अध्ययन तथा प्रयोगले यो पनि देखायो कि ज्यादा हाइटवाला महिला तथा पुरुषमा क्यान्सरको सिकार हुने सम्भावना पनि अधिक रहन्छ । यस्तै, ६.३ फिटमाथिका मानिसमा रक्तक्यान्सरको सम्भावना प्रचुर रहने पनि अनुसन्धानले देखाएको छ । कम कद हुने व्यक्तिको शरीरमा सूचनाहरू छिटो फैलिने हुँदा होचा व्यक्तिको दिमागले तीव्र रूपले काम गर्ने अनुसन्धाकर्ताहरूको दाबी छ ।
प्रतिक्रिया