
संसारमा विचित्रका नियमकानुन भएका देशको कमी छैन । तर, यस्तो नियम भएका देश पनि छन् जहाँ महिलाको छातीको अङ्ग देखिनु ठूलै अपराध मानिन्छ । सुन्दा अलिक अटपटे लागे पनि यो सत्य हो कि विश्वमा यस्ता मुलुक पनि छन् जहाँ महिलाको स्तन देखिनुलाई अपराध मानेर कारबाही गरिन्छ । त्यसैले यी मुलुकमा महिला आफ्नो स्तन खुला होला कि भनी बडो सचेतनाका साथ ढाक्ने गर्दछन् । कुन–कुन हुन् त यस्ता मुलुक ? जानौँ ।
मेक्सिको एक यस्तो देश हो जहाँ बन्दुक बोक्नुलाई अपराध मानिन्न, तर कुनै महिलाको स्तन देखियो भने उनी तत्काल गिरफ्तारीमा पर्न सक्छिन् । यस्तै, यौन व्यवहारको दृष्टिले रुस उदार नै मानिन्छ र पनि अर्धनग्न तस्बिरबापत् पचास डलर जरिवाना बुझाउनुपर्ने नियम छ । उता पाकिस्तान कट्टर मुस्लिम राष्ट्र हुनाले यसै पनि महिलालाई खास स्वतन्त्रता छैन । त्यहाँ पनि बरु बन्दुक खुलेआम साथमा राख्न सकिन्छ तर कुनै महिलाले आफ्नो शरीरको अङ्ग देखाउनुलाईचाहिँ ठूलै अपराध मानेर सजाय दिइन्छ । अफ्रिकी मुलुक ब्राजिल पनि महिलाको अङ्ग प्रदर्शनमा अनुदार छ । त्यहाँ आफ्नो स्तन शो गर्ने महिलालाई तीन वर्षको जेल सजाय हुन सक्छ ।
यसैगरी मुस्लिम कन्ट्री सिरियामा हिजाब (महिलाले पहिरिने विशेष वस्त्र) पहिरिएर शरीरका अङ्ग नढाक्ने महिलालाई जेल सजाय गरिन्छ भने इराकमा स्तन प्रदर्शन गर्ने महिलालाई कुटपिटका साथै कैदसमेत गरिन्छ । यसैगरी यूएईमा कुनै महिलाले आफ्नो ब्रेस्ट शो गरेमा ६ महिनाको जेल सजाय दिइन्छ भने टर्कीमा पनि महिलाको स्तन देखिए कडा सजाय दिने प्रावधान छ । सिङ्गापुर पनि यस्तो मुलुक हो जहाँ साथमा बन्दुक राख्नुलाई अपराध मानिन्न, तर कुनै महिलले आफ्नो स्तन प्रदर्शन गरेमा सजाय दिइन्छ । स्तन प्रदर्शनमा कडा सजाय दिइने अर्को मुलुक हो– सुडान, जहाँ त्यस्तो साहस गर्ने महिलालाई पचास कोर्रा लगाइन्छ ।
प्रतिक्रिया