सन्तानको शतक मार्ने धोको

सन्तानको शतक मार्ने धोको


100-santan

यूएई निवासी दाद मोहम्मद मुराद अब्दुल रहमान यतिबेला उमेरले सत्तरी नाघिसके । यो उमेरसम्ममा उनले जम्मा १७ वटी महिलालाई पत्नी बनाइसके । ती सत्र पत्नीबाट उनका ९६ सन्तान जन्मेका छन् । रहमानको रहरचाहिँजीवनकालमा आफू कम्तीमा पनि सय सन्तानका पिता बन्ने रहेछ । आफ्ना दुई छोराको असामयिक निधन नभइदिएको भए सन्तानको सेन्चुरी पार गर्न केवल कदम मात्र बाँकी रहने थियो भन्दै दुःखेसो गर्ने उनी चाँडोभन्दा चाँडो थप चार सन्तान जन्माएर सय सन्तानको बाबु बन्ने धोको पूरा गर्न चाहन्छन् । सत्रवटी पत्नी बिहे गरे पनि उनले चारवटी आफूसँग राखेर बाँकीलाई तलाक दिइसकेका छन् । कानुनअनुसार चारवटी मात्र पत्नी राख्न पाइने भएकाले यस्तो कदम चाल्न विवश भएको प्रस्टीकरण दिँदै उनी भन्छन्, ‘बाँकी पत्नीबाट अब कम्तीमा चार सन्तान जन्माउने प्रयत्न जारी छ, यदि भएन भने कुनैलाई तलाक दिएर अर्को बिहे गर्न पनि पछि पर्दिनँ।’