ढसमस्स फैलिने कस्तो रहर

ढसमस्स फैलिने कस्तो रहर


moti

कुनैबेला सम्पन्न घरानाको सङ्केत गर्ने मोटो पेट अहिले रोगको घर मानिन्छ । सचेत मानिस जसरी हुन्छ मोटो पेट घटाएर सन्तुलनमा राख्न अनेक उपाय अपनाउ“छन् । तर ‘बिग ब्युटिफुल विमेन’ नामक वेबसाइटकी मोडल २७ वर्षीया मोनिकाको रहर सुन्दा अचम्म लाग्छ । यिनी आफ्नो तौल यतिसम्म बढाउन चाहन्छिन् कि आफू हलचल गर्नै नसक्ने अवस्थामा पुगियोस् । यसरी संसारकै सर्वाधिक मोटी महिला बन्ने मोनिकाको सपना पूरा गर्न उनका ब्वाइफ्रेण्ड दिलोज्यान लगाएर सघाइरहेका छन् । मोनिकाभन्दा दुई वर्ष कम उमेरका सिड आफ्नी प्रेमिकालाई मोटी तुल्याउन चौबीसैघण्टा साथ रही तरह–तरहका व्यञ्जन बनाएर खुवाइरहन्छन् । यतिबेला मोनिकाको पेटको मोटाइ ९ इन्च छ । पेटको आकार यसभन्दा पनि फैलाउने ती दुईको कसरत जारी नै छ । मोनिका प्रत्येक दिन शरीरमा आठ हजार क्यालोरी बढाउ“छिन् । नुहाउनदेखि हरकाममा उनलाई प्रेमी सिडले नै मद्दत गर्छन् । आफ्नो तौल कमसेकम हजार पाउण्ड (४ सय ५३ केजी) नपुगेसम्म शरीर बढाउने अभियान जारी नै राख्ने मोनिकाको ध्येय छ । हलचल गर्न नसक्ने अवस्थामा आफू रानी पल्टेर ढसमस्स मस्ती लिने योजना सुनाउने मोनिका हजार पाउण्ड तौल पुगेपछि आफू पटक्कै चल्न–चटपटाउन नसकिने अवस्थामा पुग्ने अनुमान लगाउँछिन् । मोनिकालाई हलचल नै गर्न नसकिने अवस्थासम्म पु¥याउन सिड पनि तनमनले मिहिनेत गरिरहेका छन् ।