बीपी र मातृका खटपटको पृष्ठभूमि

बीपी र मातृका खटपटको पृष्ठभूमि


sn-karki

– स्वयम्भूनाथ कार्की

मातृका र बीपी सौतेनेभाइ थिए भन्ने तथ्य सर्वविदित नै हो । भाइबहिनीले मातृकालाई ठूल्दाजु र बीपीलाई सान्दाजु भन्ने गर्दथे । यसैको देखादेखी बीपीनजिक आफूलाई देखाउन अहिले पनि काङ्ग्रेसजनहरू बीपीलाई सान्दाजुकै सम्बोधन गर्ने गर्दछन्, तर मातृकालाई ठूल्दाजु भने परिवारबाहिरकाले भनेन । बीपीले आफ्नो जीवनबारे यस्तै खुलस्त अभिव्यक्ति नेपाली काङ्ग्रेस गठनताका आएको भए मातृकाप्रतिको यो अदृश्य आक्रोश आउने थियो वा थिएन अहिले अड्कल गर्न सकिने कुरा होइन । तैपनि मातृकाले आफूलाई पढ्न पैसा पठाएको कुरा भने सम्झेका छन् । सम्पूर्ण किताबभरिमा मातृकाको उल्लेख आएको ठाउँमा कताकता प्रतिद्वन्द्विताको भाव महसुस हुन्छ । परिच्छेद ४ को अन्ततिर खद्दर विषयको बहसको उल्लेखमा उनी भन्छन्, ‘बहस पनि कुनै गल्ती कुराको हुन सक्तैन । मेरो धारणा जो त्यसबेला बनेको थियो, आजसम्म पनि मेरो धारणा बनिरह्यो । तर, ठूल्दाजु हरपक्षमा बोल्न सक्नुहुन्थ्यो ।’

बीपीको यो कुरालाई जस्ताको तस्तै मान्ने हो भने बीपी विरोधीको तर्क पचाउन सक्दैन थिए भन्ने मान्नुपर्छ । तर, उनले आफ्नो जीवनमा धेरै विदेशी राजनायकसँग सफल वार्ता गरेर काम निकाले । त्यसैले बीपीले आजसम्म पनि त्यही धारणा रह्यो भनेको कुरा अलि पच्दैन । तर, मातृका तथा अन्य आफ्ना साथीहरूले राय बझाएको भने नपचेकै देखिन्छ । यसै सूचीमा दुवै राजाहरू पनि परेका छन् । अरब भ्रमणमा राजा महेन्द्र भएको बेला अलिदिनलाई इजरायलसँगको दौत्य सम्बन्ध जोड्ने कुरा पर सार्न गरेको आग्रह मानेनन्, राजाले अरब भ्रमण बीचैमा छोडेर फर्कनुप¥यो । अलिकति विषयान्तर यस कारणले पनि जरुरी थियो कि यस किसिमको धारणा भएको मान्छेले कुराकानी, वादविवादमा अर्को पक्ष गलत भएको पूर्वाग्रह पाल्छ । यो किताबमा उनले राजा, दाजु तथा आफ्ना सहयोगीहरूसँगबाहेक अरूसँग यस्तो व्यवहार गरेको देखिन्न ।

बनारसको अस्सीघाटमा दाजुले तान्दातान्दै म सरकारी स्कुल जान्नँ भनेर भनेकोमा दाजुले पछि साथ दिएको र पिताजीलाई पनि आपूmले पछि मात्र भनेको भनेर नजानिँदो रूपले अवसरवादी भन्न खोजेका छन् । त्यस्तै पहिलोपल्ट बनारसको जेलमा पर्दा दाजुलाई वयस्क भनेर राम्रो ठाउँमा राखेको र आफूलाई नाबालक वार्डमा पठाएको सिकायत गरेका छन् परिच्छेद ५ को अन्ततिर । यसमा बिचरा मातृकाको कुनै भूमिका हुने थिएन र वयस्क वार्ड नाबालक वार्डभन्दा राम्रो पनि हुथ्यो वा हुन्न थियो, तर बाल्यकालमा नै ठूल्दाजुसँग एक किसिमको प्रतिद्वन्द्विता भने यस भनाइले देखाउँछ । तर, यति हुँदाहुँदै पनि मातृकाले भाइलाई स्नेह गरेर हरेक महिना खर्च पठाएको र त्यो खर्च आफूलाई मनग्ये भएको भने बीपीले स्वीकार गरेका छन् । यो मात्र एक्लो प्रसङ्ग हो जो किताशमा दुईपटक आउँदा पनि दुवैपटक राम्रो रूपमा प्रस्तुत छ ।

bp-koirala-matrika-koirala

नेपाली राष्ट्रिय काङ्ग्रेसको गठनपछि नै बीपी बारम्बार थुनामा पर्नाले त्यस पार्टीको वागडोर मातृकाले तदर्थ रूपमा सम्हाले । जब नेपाली राष्ट्रिय काङ्ग्रेसको र नेपाली डेमोक्रेटिक काङ्ग्रेसको एकीकरण भयो । बीपीलाई अध्यक्षताको प्रस्ताव आउँछ भन्ने आस भएको बुझिन्छ । तर, अध्यक्ष हुन पुगे मातृका । यो कुराको तुस बीपीले किताब रेकर्ड गराउँदाको अवस्थामा पनि राखेकोजस्तो लाग्छ । परिच्छेद २६ मा यो प्रसङ्गका लगातारका चार वाक्य नै एक–अर्कासँग बाझिएका छन् । ‘हाम्रो अध्यक्ष रहनुपर्छ, हुनुपर्छ, भनेकाले मातृकाबाबु आउनुभयो । हाम्रोतर्पmको भनेको भए मेरो नाम आउने थियो । त्यहाँ हाम्रो पार्टीका मानिसहरूले हाम्रो अध्यक्ष हुनुपर्छ भनेर अड्डी लिए । उताकाहरू मातृकाबाबु र ममा ठूल्दाजुलाई मन पराउँथे– उहाँ मिलनसार हुनुहुन्छ भनेर ।’ यसमा दुवै पार्टीका तर्पmबाट मातृकाकै नाम आएको र बीपीको नामै नआएको अर्थ निक्लन्छ । तर, दुवैपट्टी बीपीको नाम आओस् भनेर चाहने पनि केही नभएका भने होइनन् । उनी अगाडि भन्छन्, ‘उनीहरूको तर्पmबाट पनि एक–दुईजना भन्थे, यो नराम्रो भयो । पछि नराम्रो पनि भयो, थपनाको मान्छे अध्यक्ष भइदिएकाले ।’
यो ठूल्दाइ र सान्दाइबीचको सङ्घर्ष भुसको आगोजस्तै भित्रभित्रै दन्कँदै गएको महसुस हुन्छ । यस किताबमा मातृकाको पक्ष हुने त कुरै भएन त्यसैले बीपीको तर्पmको कुराबाट नै यो सङ्घर्ष बुभ्mने प्रयत्न हुनेछ । बीपी राणा–काङ्ग्रेसको संयुक्त सरकारमा गृहमन्त्री भएर गएपछि क्रान्तिको धङधङी काङ्ग्रेस कार्यकर्ताहरूमा व्याप्त थियो । कहीँ–कहीँ जितको यो उत्साहमा अलि उद्दण्डता पनि भयो । यसलाई सरकारको गृहमन्त्रीको हैसियतले बलले थुनेरै राख्ने बीपीको विचारमा तगारो भइदिए मातृका, पार्टी अध्यक्षको नाताले पनि उनले कार्यकर्तालाई यो उद्दण्डताबाट रोकेर बाटोमा ल्याउनुपर्दथ्यो । उनको यो प्रयत्नलाई बीपीले मातृकाले कार्यकर्ता उचालेको बुझे । धर्मप्रसाद ढकाल र भैरवलाई थुन्न मातृकाले दिएनन्, समाधान शान्तिपूर्ण नै भयो । किताबमा आफ्नो गृहमन्त्रीकालमा बीपीले मन्त्रिमण्डलमा लिएका साथीहरूबाहेक अरूलाई साथ लिएको देखिँदैन । यस्तै पार्टीले पनि आफ्ना नेताहरूलाई पनि साथ लिएर काम गर्नुपर्छ भन्ने सुझाव–सल्लाह दिएको पाइन्न । त्यसैले बीपीले पार्टीबाट असहयोग भएको गुनासो गरेका छन् ।

बीपीको र मातृकाको खटपटको विजारोपण यसरी बचपनदेखि नै भएका थियो । शायद एकै स्थानमा रहे भने राम्रो नहोला भनेर पिताजीले मातृकालाई अन्तै राखेका थिए । नभन्दै जतिबेला पनि यी दुईको भेट भएको छ केही न केही खटपट भएको नै भेटिन्छ । एकीकृत पार्टीको अध्यक्ष भएको नै बीपीलाई मन परेको थिएन, त्यसैले सौहार्दता त हुन सक्दैन थियो । विजयशमशेरसँग अनौपचारिक हुन खोजेको मातृकालाई चित्त नबुभ्mनु र बीपीले त्यसलाई उचित देख्नु यही खटपटको परिणाम हो । भारतीय पक्षस“ग हदैसम्मको अपनत्व र विजयशमशेरसँग अनौपचारिक हुने प्रयत्न अनि राजालाई भेट भएन भनेर लगातार भेट्ने प्रयत्न नगर्नु प्रस्तावित राउण्डटेबल वार्ता नहुनुको कारण थियो वा थिएन झस्का भने पर्छ । भुसको आगोभैmँ सल्किएको खटपट गृहमन्त्रीकालमा सतहमा नै देखापर्छ । त्यसपछिका दिनमा त उग्र राँको नै भएको छ । जसको विवेचन यस आलेखको कलेवरभित्र अट्दैन, छुट्टै आलेख आवश्यक छ ।