
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुक हो । अनेक जातजाति, संस्कृति तथा परम्पराको एकता नै नेपालको संस्कृति हो । त्यति मात्र होइन, धेरैवटा धर्महरू मिलेर बनेको संस्कार र संस्कृति नै नेपालको पहिचान पनि हो । उच्च पहाडी वा हिमाली क्षेत्रमा शेर्पा तामाङ् जातिको बाहुल्यता छ भने उनीहरूले बौद्धधर्म मान्दै आएका छन् । मध्य पहाडी क्षेत्रमा व्राह्मण, क्षेत्रीहरूको बढी बसोबास छ, उनीहरू वैदिक सनातन धर्म मान्दछन् भने तराई क्षेत्रमा विभिन्न साना–ठूला जातजाति र सम्प्रदाय भएकाले त्यहाँ अनेकौं धर्म मान्नेहरू भए पनि हिन्दू तथा मुस्लिमधर्मको बाहुल्यता छ । विगत केही समययता नेपालले लोकतान्त्रिक गणतन्त्रको पद्धति अंगीकार गरेको छ र हिन्दू बाहुल्य भए पनि देशले धर्मनिरपेक्षतालाई अँगालेको छ । राज्यको आफ्नो धर्म नरहने घोषणा पनि गरेको छ । तैपनि सबै धर्म र सम्प्रदायको संरक्षक भने नेपाल सरकार हुने भनिएको छ ।
यतिबेला नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल उर्पm प्रचण्ड प्रधानमन्त्री छन् । देशको सर्वोच्च पदमा रहँदासम्म उनी सबैको हुन सकिरहेका छैनन् । आज पनि उनी द्वन्द्वकालको नाम नै उल्लेख गर्न रुचाउँछन् । आज पनि उनी कसैको नजिक र कसैको टाढा बन्ने खेलमा सक्रियतापूर्वक लागिरहेकै छन् । शायद उनलाई अभैm पनि आपूm देशको अभिभावक हुँ भन्ने कुराको बोध भएको देखिँदैन । सकेसम्म फुटाऊ र शासन गर भन्ने सामन्ती र पूँजीवादी संस्कारको अनुयायी बन्न कोसिस गरिरहेका छन् । यसै मेसोमा गत कात्तिक १५ गते हुने न्हूँदयाः भिन्तुना अर्थात् नेपाल संवत्को नयाँ वर्ष समारोहमा प्रमुख आतिथ्यका लागि गएका आयोजकहरूसित कुरा गर्दै प्रचण्डले नेपाल संवत् मौलिक र विक्रम संवत् आयातित संवत् हो भनेबाट उनी एक अनपढ र पटमूर्ख मानिस हुन् भन्ने अर्थबोध हुन्छ । उनले कुनै एक समुदायलाई खुशी पार्न र अरुलाई दुःखी बनाउन यस्तो बोलेका हुनसक्छन् । यसबाट पनि उनी आम नेपालको अभिभावक हुने योग्यता राख्तैनन् भन्ने बुझ्न गा¥हो पर्दैन । यो पनि फुटाऊ र शासन गरकै एक कडी हो भन्न सकिन्छ ।
हाम्रा प्रधानमन्त्रीको केही सम्प्रदायविशेषको नजिक हुने हर्कत भने फुटाऊ र शासन गर भन्ने सामन्ती तथा साम्राज्यवादी सिद्धान्तमा आधारित रणनीति हो भन्ने जगजाहेर छ । प्रधानमन्त्रीको काम भनेको प्रमुख आतिथ्यमा जाने हो, कुन संवत् मौलिक र कुन आयातित भनेर छुट्ट्याउने होइन । यस्तो छुट्ट्याउने काम भनेको प्राज्ञिक वा बौद्धिक वर्गको हो । प्रधानमन्त्रीले खाँडीका लुगा लगाएर पैदल हिँडेको भए उनी मौलिक हुन्थे होलान् । आपैंm विदेशी आयातित टाई सूटमा सजिएर विदेशी आयातित गाडीमा हिँडेका छन्, यिनले अरुलाई मौलिक र आयातितको डिङ हाँक्नु नयाँ लेण्डूपपनको नमूनाबाहेक अरु के हुनसक्छ ? नेपाली पोशाक त लाउन नमान्ने बज्रस्वाँठ मानिसले कसलाई के सन्देश दिन खोजेको हो भन्ने छुट्ट्याउन हामीजस्ता सर्वसाधारणलाई गा¥हो परिरहेको छ ।
सर्वप्रथम कुनै पनि संवत् मौलिक वा आयातित हुँदैनन् । आज इ.सं. संसारभरि चलेको छ । हाम्रो दक्षिण एशियामा अझ नेपालमा विक्रम संवत् चलेको छ भने भारतमा इ.सं र शक संवत् बढी चलेको छ । हाम्रो देशमा पनि पहिले त शक संवत्को बढी प्रयोग हुन्थ्यो । यसबाट हरेक ३ वर्षमा १ महिना बढी हुने भई कर्मचारीलाई प्रत्येक ३ वर्षमा १३ महिनाको तलब दिनुपर्दा देशलाई बोझ भयो भनेर चन्द्र शमशेरले वि.सं. चलाउनु भनी निर्देश गरे । वि.सं. १९६१ देखि नेपालमा वि.सं. को चलन चल्यो । फेरि कतिपयले वि.सं. भनेको भारतका विक्रमादित्यले चलाएको संवत् भन्ने भ्रम पैmलाएको हुँदा यसलाई भारतको संवत् भन्नेहरू पनि प्रशस्तै छन् । तर अनुसन्धानका हिसाबले भारतमा विक्रमादित्य वि.सं. ४२१ मा जन्मेका थिए पनि भनिन्छ । तिनै विक्रमादित्यका दरबारमा कालिदास र बराहमिहिर पनि नवरत्नमध्ये थिए भन्ने दुवैले श्लोकमा उल्लेख गरेका छन् । अनुसन्धानका क्रममा अलबेरुनी र डा. कर्नले बराहमिहिरको जन्म ५०२ अप्रिल २ मा भएको उल्लेख गरेका छन् । ईस्वी संवत्मा ५७ वर्ष जोड्दा वि.सं. हुन्छ, जसअनुसार बराहमिहिरको जन्म वि.सं. ५६२ चैत्र २० गते सिद्ध हुन्छ । बराहभन्दा अघिका लल्लाचार्यको जन्म इ.सं. ४९९ र उनीभन्दा अघिका आर्य भट्टको जन्म सन् ४७६ भएबाट विक्रमादित्यको जन्म ४२१ वि.सं. नभएर शक संवत् हो भन्ने प्रमाणित हुन्छ । शक संवत्मा १३५ जोड्दा विक्रम संवत् हुन्छ । भन्नुको अर्थ हो, विक्रमादित्य वि.सं. ५५६ मा जन्मेका हुन सक्छन् । आपूm जन्मनु ५५६ वर्षअघिको संवत् कसरी विक्रमादित्यले चलाए होलान् ? यसर्थ पनि यो संवत् उनले चलाएका होइनन् । केही मानिसहरूचाहिँ शाके संवत् भारतका शाक्य क्षेत्रीय राजाहरूले चलाएको भन्ने गर्छन् । तर पञ्चाङग गणना गर्दा घण्टा, मिनेट, गते आदि विक्रम अर्थात् सूर्यबाट र घडी, पला तथा तिथि शक संवत्बाट गरिने हुँदा यहाँ विक्रम भनेको सूर्यको नाम हो भन्ने बुझिन्छ । आजसम्म दिनका गणनाहरू बार, बेला (समय) आदिको गणना सूर्य अर्थात् विक्रमबाट गरिएकाले यसलाई नै विक्रम संवत्को संज्ञा दिइएको हो । अब यस्तो तथ्य हुँदाहुँदै विक्रम अर्थात् सूर्य संवत् कहाँबाट आयातित भएछ र हाम्रा प्रधानमन्त्रीले आयातित देख्न पुगे ? यस्ता प्रधानमन्त्रीलाई पढेको व्यक्ति कसरी भन्ने ?
गते, बार, महिना, घण्टा, मिनेट, वर्ष भन्ने कुरा मानक मात्र हुन् । यी मौलिक र आयातित हुँदैनन् । तिथि मान्नेले शक संवत् माने, गते र तारिख मान्नेले विक्रम संवत् माने । मुस्लिम संवत् पनि शक संवत्मै आधारित छ । पहिले पनि शक संवत् नै मान्ने चलन थियो । तर चान्द्र वर्षमा हरेक वर्ष ३५४ तिथि मात्र हुने भएकाले जहिले पनि वर्षमा ११ दिन बढी हुँदै आयो र पछि तिनै गणकहरूले वैज्ञानिक तर्कअनुसार एक वर्षमा ३६५ दिन ६ घण्टा, २२ कला र ३५ विकलाको एक मानक वर्ष निकाले । पछि सूर्य सिद्धान्तले यसलाई नै विक्रम संवत्को मान्यता स्थापित गरिदियो । यस्तो तथ्य हुँदाहुँदै हाम्रा देशका लण्ठुबुद्धिजीवीहरू विक्रम संवत् भारतका राजा विक्रमादित्यले चलाएको हावामा लागे । आज पनि पात्रो बनाउँदा एकातिर गते, घण्टा र मिनेटको गणना हुन्छ भने अर्कोतिर नक्षत्र, योग, करणका साथै घडी, पलाको हिसाब गरिन्छ, यी दुवैलाई मिलान गर्न हरेक ३ वर्षमा एक अधि (मल) मासको व्यवस्था गरिन्छ । यो परम्परा आज होइन २०७३ वर्षअघिदेखि चल्दैआएको हो । जहाँसम्म नेपाल अर्थात् नेवारी संवत्को कुरा छ यो कान्तिपुरका एक धनाढ्य व्यापारी शंखधर साख्वले चलाएको संवत् हो । यसमा पञ्चाङ्ग गणना प्रविधि भएजस्तो मलाई लाग्दैन । यसमा पनि शक र मुस्लिममा जस्तै तिथि मान्दै जाने परम्परा छ । तामाङ्हरूको पनि तिथिकै आधारमा संवत् चलाउने चलन छ । त्यसो हुँदा प्रत्येक मलमासमा १९ दिनले घटी वा कहिले बेसी पनि हुने गर्छ । एकै गतेमा कहिल्यै वर्षारम्भ हुँदैनन् । यस्तै गज्याङ गुजुङ भएकाले सूर्य सिद्धान्तले विक्रम संवत्लाई मान्यता दिएको हो । अर्थात् वैज्ञानिक मान्यता स्थापित गरेको हो । विक्रम संवत्ले सबै कुरा निकालेपछि अरुले त्यसलाई आफ्ना प्रचलित मान्यताका तिथिपत्रमा स्थापित गर्ने गर्छन् । आज तारिखमा पनि वैज्ञानिकता छैन । सङ्क्रान्ति गणनासम्म पनि भएको पाइँदैन । चिनियाँहरूको पुरानो गणनामा वैज्ञानिकता कम भएर तारिख र तिथिलाई आत्मसात गर्नुपरेको तथ्य मनन गर्दा राम्रो हुन्छ । त्यसकारण पनि विक्रम संवत् वैज्ञानिक संवत् हो भन्ने प्रमाणित हुन्छ ।
गत कात्तिक ८ गते हाम्रा प्रधानमन्त्रीले भनेको कुरा टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । नेपाल संवत् नेवारी समुदायको संवत् हो । नेवारी समुदाय नेपालको मुख्य जाति वा सम्प्रदाय पनि हो । तिनको संस्कृतिको समुत्थान हुनुपर्छ । तर उनीहरूको हक हितको निम्ति अरुको दमन गर्नु हुँदैन । उनीहरूको न्हूँदयाः भिन्तुनामा म पनि सामेल भइआएकै हुँ । तर हाम्रा प्रधानमन्त्रीको केही सम्प्रदायविशेषको नजिक हुने हर्कत भने फुटाऊ र शासन गर भन्ने सामन्ती तथा साम्राज्यवादी सिद्धान्तमा आधारित रणनीति हो भन्ने जगजाहेर छ । प्रधानमन्त्रीको काम भनेको प्रमुख आतिथ्यमा जाने हो, कुन संवत् मौलिक र कुन आयातित भनेर छुट्ट्याउने होइन । यस्तो छुट्ट्याउने काम भनेको प्राज्ञिक वा बौद्धिक वर्गको हो । प्रधानमन्त्रीले खाँडीका लुगा लगाएर पैदल हिँडेको भए उनी मौलिक हुन्थे होलान् । आपैंm विदेशी आयातित टाई सूटमा सजिएर विदेशी आयातित गाडीमा हिँडेका छन्, यिनले अरुलाई मौलिक र आयातितको डिङ हाँक्नु नयाँ लेण्डूपपनको नमूनाबाहेक अरु के हुनसक्छ ? नेपाली पोशाक त लाउन नमान्ने बज्रस्वाँठ मानिसले कसलाई के सन्देश दिन खोजेको हो भन्ने छुट्ट्याउन हामीजस्ता सर्वसाधारणलाई गा¥हो परिरहेको छ । राष्ट्रियता भनेको भाषणमा होइन, लवाई, खवाई र काम गराईमा मात्र हुन्छ भन्ने साधारण ज्ञान लिए पनि नेपालीपन झल्किन्थ्यो कि ? हुन त प्रचण्डजीजस्ता पहिले सबै जातलाई राज्य बाँड्दै हिँडेका मानिसहरूलाई बिष्ठा र गोबर छुट्ट्याउन पनि गा¥हो परेको हो कि ? जस्तो मलाई लाग्यो ।
प्रतिक्रिया