मानसिक उपचार केन्द्र निर्माण गर्न भारतले सहयोग गर्ने

मानसिक उपचार केन्द्र निर्माण गर्न भारतले सहयोग गर्ने


नेपाली काङ्ग्रेसकी बहुचर्चित नेतृ एवम् नेपालकी भूपू उपप्रधानमन्त्री शैलजा आचार्यको परिकल्पनामा भारतका भूतपूर्व प्रधानमन्त्री चन्द्रशेखरले शिलान्यास गर्नुभएको श्री सर्वेश्वरी समूह नामक एक प्रतिष्ठानको भारतीय राजदूत रन्जित रेले स्थलगत भ्रमण गरी त्यहाँको बृहत् योजनामा सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ । पोखरा उमनपा–१६ मा निर्माणधीन नेपाल श्री सर्वेश्वरी समूहको परियोजना स्थल पुगेर सम्बोधन गर्दै राजदूत रेले नेपालका महिलाको सशक्तीकरण कार्यमा सहयोग पु¥याउन भारत सरकार तयार रहेको जनाउनुभयो । भारतले नेपालका पाँच सय ७५ भन्दा बढी योजनाको निर्माणमा सहयोग पु¥याएर शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्रत्यक्ष सहयोग पु¥याएको उहाँको कथन थियो ।

नेपाल र भारतको एउटै मुख्य चुनौती विकास हो भन्दै त्यसका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने राजदूत रेले बताउनुभयो । उहाँले आफ्नो देशका भूपू प्रधानमन्त्री चन्द्रशेखर र नेपालका भूपू उपप्रधानमन्त्री शैलजा आचार्यले ठूलो त्याग गरेको र उहाँहरूलाई सही मानेमा श्रद्धाञ्जली अर्पण गर्नका लागि पनि यो परियोजनालाई सफल तुल्याउनुपर्ने तर्क गर्नुभयो ।

यस्तै साउथ एसिया फाउन्डेसनका महासचिव राहुल बरुवाले आफ्नो संस्थाले यस परियोजनालाई आवश्यक पर्ने विशेषज्ञ चिकित्सक नियमित रूपमा पठाउने प्रतिबद्धता व्यक्त गर्दै सर्वेश्वरी समूह नेपाल र भारतबीचको सम्बन्धमा कोसेढुङ्गा सावित हुने बताउनुभयो ।

कार्यक्रममा सांसद शारदा पौडेलले परियोजनामा सहयोग पु¥याउने जग्गादाता, निर्माणका लागि आर्थिक सहयोग दाता सबैलाई धन्यवाद दिँदै नेतृ शैलजाको सहिी सम्मान र श्रद्धाका लागि उहाँको महान् लक्ष्य वा उद्देश्यलाई पूरा गर्नेतर्फ लाग्नुपर्ने सुझाब दिनुभयो । अर्का अभियन्ता एवम् अग्रज समाजसेवी नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्यले सर्वेश्वरीले अघि सारेको परियोजना विशुद्ध सामाजिक भएको भन्दै कुनै राजनीतिक सोच र पूर्वाग्रह त्यागेर ऐक्यबद्ध रही मिलेर काम गर्न आग्रह गर्नुभयो । विचार राजनीतिको छाता, झोला र जुत्ता बाहिरै राखेर संस्थामा सेवा र सहयोग गर्न सकेमा संस्था आफ्नो उद्देश्यमा सफल हुने उहाँको तर्क थियो ।

महिला तथा बालबालिका कार्यालय पोखराकी प्रमुख लक्ष्मी जीसीले जनयुद्ध, भूकम्प र वैदेशिक रोजगारको पीडा सबैभन्दा बढी महिलाले खेप्नुपरेको बताउँदै उत्पीडनमा पिल्सिएर रहेका महिलालाई सहयोग गर्न यो संस्थाको आवश्यकता रहेको औँल्याउनुभयो ।

कार्यक्रममा सर्वेश्वरी समूह नेपालको केन्द्रीय अध्यक्ष सुम्निमा बास्तोलाले महिलाको सशक्तीकरण एवम् मानसिक उपचार तथा पुनस्र्थापना केन्द्र बनाउने महान् उद्देश्यले स्थापित यो संस्थालाई सबै पक्षको सहयोग महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । सामाजिक अभियन्ता लक्ष्मी पाण्डे क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न सामाजिक सङ्घ–संस्थाका प्रतिनिधि तथा पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

शान्त र सुन्दर वातावरणमा १८ रोपनी जग्गामा संस्थाको एउटा भवन निर्माण भइसकेको छ भने अन्य योजनाको निर्माणको खाका तयार भइसकेको र सहयोग जुट्ने क्रम जारी रहेको बताइएको छ । परियोजनाको खाकासहितको प्रस्ताव राजदूत रेलाई बुझाइएको र मित्रराष्ट्र भारतबाट छिट्टै महŒवपूर्ण सहयोग उपलब्ध हुने अपेक्षा गरिएको छ ।


हिमालय स्कुलको भवन निर्माणार्थ चार करोड ३३ लाख सहयोग

15-pr-pic-1

गोर्खाको हिमालय माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि मित्रराष्ट्र भारतले सहयोग गर्ने भएको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत साना विकास परियोजनामा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको भारतले उक्त विद्यालयको तीनतल्ले भवन निर्माणको निम्ति चार करोड ३३ लाख सहयोग प्रदान गर्न लागेको हो । उक्त सहयोगसम्बन्धी सम्झौतापत्रमा भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, गोर्खा जिल्लाका स्थानीय विकास अधिकारी नारायण आचार्य हिमालय माध्यमिक स्कुलका प्राचार्य ईश्वरीप्रसाद ढकालबीच त्रिपक्षीय हस्ताक्षर भएको छ ।

सन् १९६० मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको सो विद्यालय १६ वर्षअघि माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति भएको थियो । हाल तीन सय पन्ध्र छात्रछात्रा अध्ययनरत स्कुलको भवन गत वर्षको भूकम्पका कारण जीर्ण बन्न पुगेको थियो । आगामी १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य आरम्भ गरिन लागिएको सो विद्यालय भवन निर्माणपछि स्थानीय तथा आसपास क्षेत्रका छात्रछात्रालाई अध्ययन कार्यमा निकै सहयोग पुग्ने विश्वास लिइएको छ ।