महिला क्रिकेट : शर्मनाक पराजय, चरम मानसिक पीडाको उपज

महिला क्रिकेट : शर्मनाक पराजय, चरम मानसिक पीडाको उपज


Shree Bikram Bhandari

– श्रीविक्रम भण्डारी

एसीसी महिला टी–२० क्रिकेट प्रतियोगितामा नेपाली महिला खेलाडीले गरेको शर्मनाक प्रदर्शन आफैँमा कीर्तिमानी र बिर्सनलायक छ । उक्त प्रतियोगितामा क्रिकेटका तीनवटै महत्वपूर्ण विधा ब्याटिङ, बलिङ र फिल्डिङमा नेपाली खेलाडी पूर्ण रूपमा असफल भए । परिणाम नेपालले पा“चवटै खेलमा शर्मनाक पराजय भोग्नुप¥यो । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्याण्डले नेपाललाई पराजित मात्र नभई अत्यन्त न्यून स्कोरमा समेटेका थिए । श्रीलंकाले २३ रनमा समेटेको नेपाललाई भारतले नुनखुर्सानी लगाउन कुनै कसर राखेन । भारतले नेपाललाई मात्र २१ रनमा समेटेर नेपाली क्रिकेटको धज्जी उडायो । भारतविरुद्ध नेपालले बनाएको २१ रन नेपाली क्रिकेटकै इतिहासकै न्यून रन थियो । दक्षिण एसियाली मुलुकमा उदीयमान राष्ट्रको रूपमा परिचित नेपालको यो कहाली र टीठलाग्दो प्रदर्शनले नेपाली क्रिकेटको स्तरमाथि समेत ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ । विश्व क्रिकेटमा नेपाली क्रिकेटप्रति अनेकौँ सवाल उठ्न पुगेका छन । महिला क्रिकेट खेलाडीको यस्तो शर्मनाक र लज्जास्पद प्रदर्शनले अहिले आमनेपालीको शिर निहुरिन पुगेको छ । मुलुकको मान, सम्मान र प्रतिष्ठासमेत दाउमा लागेको छ ।

एसीसी महिला टी–२० क्रिकेट प्रतियोगितामा सहभागी हुनुअघि नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखिएको थियो । टेस्ट क्रिकेट खेल्ने राष्ट्रहरूलाई पराजित गर्ने विश्वास गरिएको थियो । तर, विडम्बना, नेपाली महिला खेलाडीले आफ्नो स्वाभाविक खेलको समेत प्रदर्शन गर्न सकेनन् । जुन आफैँमा अपत्यारिलो र अविश्वसनीय थियो । केही महिना पहिले हङकङमा सम्पन्न विश्वकपका लागि एसियन छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर नेपालले दोस्रो स्थान हासिल गरेको थियो । यो प्रतियोगितामा पनि नेपालले त्यस्तै प्रदर्शन दोहो¥याउने कुरामा सबै ढुक्क थिए । यसर्थमा कि खेलाडी, प्रशिक्षक र टिम म्यानेजरको उही टोली थियो । तर, यो प्रतियोगितामा महिला खेलाडीले सबै अनुमान र अड्कललाई धोती लगाइदिए । उनीहरूको प्रदर्शन यति फितलो भयो कि सा“चो रूपमा भन्नुपर्दा …गर्नेलाई भन्दा देख्नेलाई लाज भयो । उनीहरू आफू मात्र डुबेनन् राष्ट्रले क्रिकेटमा प्राप्त गरेको ख्याति र प्रतिष्ठालाई समेत कलङ्कित गरे । जुन अहिले आफँैमा चर्चा र खोजीको विषय बनेको छ ।

mc

दुई महिनाअघि विदेशी भूमिमा उत्कृष्ट प्रदर्शन गर्ने महिला क्रिकेट टोली थाइल्यान्डमा कसरी चुक्यो ? क्रिकेट खेल्न कसरी बिर्सियो ? त्यो अहिले आमचासोको विषय बनेको छ । किनकि नियमित प्रशिक्षणमा रहेको टोलीका खेलाडीबाट यस्तो शर्मनाक प्रदर्शनको अपेक्षा कदापि गर्न सकिँदैन । आखिर महिला खेलाडी किन यस्तो लज्जास्पद प्रदर्शन गर्न बाध्य भए ? त्यसको पछाडि कुनै रहस्य लुकेको त छैन– त्यो खोजीको विषय बनेको छ । अहिले खेलकुदमा चर्चा चलेको छ– महिला खेलाडीले जानी–जानी कसैलाई असफल पार्न यस्तो हर्कत गरेका हुन् । अर्को कुरा, उनीहरू अहिले चरम मानसिक पीडामा भएको खुलासा भएको छ । त्यही मानसिक पीडाका कारण उनीहरूले आफूलाई सुरक्षित देखिरहेका छैनन् । यही अस्थिर मानसिकताका कारण महिला खेलाडीले स्वाभाविक प्रदर्शन गर्न नसकेको पनि चर्चा चलेको छ । आखिर महिला खेलाडीमा मानसिक विचलन कहा“बाट आयो ? किन उनीहरू आफ्नो भविष्य दाउमा लगाइरहेका छन्– त्यो रहस्यको पर्दाफास गर्नु जरुरी भइसकेको छ । अन्यथा आज क्रिकेट मैदानमा ब्याटिङ, बलिङ र फिल्डिङ गर्न बिर्सने खेलाडीले भोलि पलायनको बाटो नरोज्लान् भन्न सकिँदैन । तसर्थ समयमै यसको उचित उपचार भएन भने भोलि खेलकुदमा महिला खेलाडीको सहभागिता शून्य नहोला भन्न सकिँदैन ।

सबै खेल अनुशासित हुन्छन्, तर क्रिकेटको अनुशासन अन्य खेलको तुलनामा निकै कडा हुन्छ भन्दा अतिसयोक्ति नहोला । जबदेखि नेपाल क्रिकेट सङ्घ (क्यान) विवादमा तानियो त्यसपछि खेलाडी, प्रशिक्षक र पदाधिकारीले क्रिकेटको अनुशासन पोलेर खाएको अवस्था छ नेपालमा । कहिले भ्रष्टाचारको आरोपमा क्यानका पदाधिकारी निलम्बनमा पर्नु, कहिले खेलाडीले क्रिकेटको आचारसंहितामा धावा बोल्नु, आफूखुसी क्रिकेटको विरुद्धमा बयानबाजी गर्नु, कहिले खेलाडीहरू मादकपदार्थ अत्यधिक सेवन गरेर कारबाहीमा पर्नु त कहिले पदाधिकारीको फेरबदलमै खेलाडी प्रत्यक्ष रूपमा गुटबन्दी गरेर लागेको घामजस्तै छर्लङ्ग छ । पछिल्लो समयमा यस्ता घटनाले क्रिकेटलाई नकारात्मक प्रभाव पार्दै आएको अवस्थामा नेपाली क्रिकेटमा नौलो घटना घटेको थियो । तर, महिला खेलाडीले मौनता सा“ध्नुले त्यसको पर्दा उठ्न बा“की छ । तर, डढेलो लागिसकेको छ, त्यसले कस–कसलाई आफ्नो चपेटामा पार्छ र लपेट्छ त्यो हेर्न बाँकी छ ।

‘हावा नचलीकन पात हल्लिँदैन’ यो ध्रुवसत्य हो । वल्र्ड छनोट चरण खेलेर हङकङबाट नेपाल फर्किंदै गर्दा एक महिला क्रिकेट खेलाडीमाथि प्रशिक्षक राजु बस्न्यातले गरेको यौन दुव्यर्वहारको चर्चा सञ्चारमाध्यममा त्यत्तिकै आएको छैन । अझ उनै प्रशिक्षक बस्न्यातले फेयरवेल पार्टीमा वाइन खाएर टुन्न भएकी अर्थात् अचेत अवस्थामा पुगेकी अर्की महिला क्रिकेट खेलाडीमाथि गरेको आपत्तिजनक व्यवहार आफँैमा लाजमर्दो थियो । यदि त्यो समयमा नेपाली मूलकी शाही थरकी भारतीय खेलाडीले प्रतिरक्षा नगरेको भए कुनै पनि अप्रिय घटना घट्न सक्थ्यो भनेर सञ्चारमाध्यमले लेखेका छन् । प्रशिक्षक बस्न्यातले महिला खेलाडीप्रति यस्तो दुव्यर्वहार गरेपछि उनलाई प्रशिक्षकबाट हटाउन सातजना महिला खेलाडीले राष्ट्रिय खेलकुदमा उजुरी दिन निवेदनसमेत तयार पारेको सुनिनमा आएको छ । तर, अहिले त्यो उजुरी पेन्डिङमा परेको छ । यसर्थमा कि जुन महिला खेलाडीले प्रशिक्षक बस्न्यातका विरुद्धमा उजुरी दिने भनेकी थिइन् तिनै खेलाडीले बस्न्यातको पक्षमा प्रेस सम्मेलन गर्दै क्लिन चिट दिने कार्य गरेका छन् । प्राप्त जानकारी अनुसार क्रिकेटमा चलखेल गर्दै आफ्नो दुनो सोझ्याउ“दै आएकाहरूले प्रशिक्षक बस्न्यातका विरुद्धमा निवेदन दिए तिमीहरू पनि कारबाहीमा पर्छाै भन्ने दबाब महिला खेलाडीलाई दिएपछि उनीहरू पछि हटेको जानकारीमा आएको छ । प्रशिक्षक बस्न्यातलाई बचाउन क्यानको एउटा गुट नै सक्रिय भएको छ । त्यसमा चर्चित क्रिकेट खेलाडी, क्यानका पदाधिकारी र कर्मचारीसमेत रहेको स्रोतको दाबी छ । अहिले यो घटनालाई सामसुम पार्ने कोसिस गरिएको छ । तर, सामसुम भएको छैन । सामसुम हुन नदिन त्यसको प्रमाणमा जुटेका छन् सञ्चारकर्मी । जुन दिन खेलाडीले आफ्नो मुख खोल्नेछन् त्यस दिन क्रिकेटमा कति रेक्टरको भुइँचालो जान्छ त्यो प्रतीक्षा गर्नु नै वेश होला ।

हाम्रोजस्तो परम्परावादी मुलुकमा महिला जस्तोसुकै सबल र सक्षम भए पनि सामाजिक संरचनाको साङ्लो एकैचोटि चुँडाल्न गाह्रै पर्छ । अझ महिला खेलाडीको चर्चा नगर्दा वेश हुन्छ । किनकि खेलकुदमा महिला खेलाडीको सहभागिता आफँैमा न्यून छ । खेलेर के पाइन्छ र ? भन्ने मानसिकता अहिलेसम्म हटेको छैन । तसर्थ अहिले पनि खेलकुद महिलाको पहु“चबाट टाढै छ । यस्तो अवस्थामा औंलाले गन्न सकिने महिला खेलाडीमाथि पनि प्रशिक्षक र पदाधिकारीले दुव्र्यवहार गर्ने हुन् र गर्दै जाने हुन् भने केही वर्षको अन्तरालमै नेपालमा महिला खेलाडीको अवस्था शून्य नहोला भन्न सकिँदैन । महिला खेलाडी विभिन्न कारणले गर्दा आफूमाथि हुने दुव्यर्वहार, यौन दुव्र्यवहारबारे खुलेर बोल्न सक्दैनन् । नेपाली खेलाडीमा त त्यो आ“ट र साहस छँदै छैन भन्दा अतिसयोक्ति नहोला । केही समय सहन्छन्, त्यसपछि घर बस्न बाध्य हुन्छन् । सा“चो अर्थमा भन्नुपर्दा उनीहरू विवादमा परेर आफ्नो भविष्य बिगार्न चाहँदैनन् ।

आखिर कुरा जे भए पनि पछिल्लो समय महिला क्रिकेटमाथि अप्रिय घटना घटेको गन्धले खेलकुदको वातावरणलाई दूषित पारेको छ । त्यही घटनाका कारण उनीहरू मानसिक पीडामा रहेको उनीहरूले गरेको प्रदर्शनले स्पष्ट पारेको छ । यदि त्यस्तो नहुँदो हो भने महिला खेलाडीले पत्रकार सम्मेलन किन गर्नुपथ्र्यो, सोझै अनुमान र अड्कल काट्न सकिन्छ । किन उनीहरूले आफूमाथि भएको अन्यायअत्याचारको विरुद्धमा आवाज उठाउन छाडेर मैदानबाट भागे र भाग्दै छन्, त्यसको सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट सङ्घले छानबिन गर्नुपर्छ । अन्यथा क्रिकेटमा देखिएको यो शर्मनाक पराजय र चरम मानसिक पीडाले अन्य खेलमा पनि निरन्तरता नपाउला भन्न सकिँदैन । खेलाडी, प्रशिक्षक हो या पदाधिकारी सबै अनुशासन बस्नुपर्छ, अनुशासन तोडेर गल्ती गर्ने कारबाहीको भागीदार हुनुपर्छ । त्यसमा महिला खेलाडीको आरोप मात्रै सही हुन्छ भन्ने कदापि हुँदैन । गल्ती जसले पनि गर्न सक्छ ।
rubina-chhetri-4