भन्सार प्रमुखले नै टेर्दैनन् सरकारलाई

भन्सार प्रमुखले नै टेर्दैनन् सरकारलाई


सुपारी तथा रक्तचन्दन तस्करीको मुख्य नाका मानिएको विराटनगर भन्सारले नेपाल सरकारको सिफारिस या स्वीकृति अनिवार्य मानिएका सामानहरूसमेत प्रक्रिया नपु¥याईकन भित्रिन दिने गरेको समाचार प्राप्त भएको छ । विभिन्न प्रकारका यन्त्र, उपकरण, गोलाबारुद्ध र हातहतियारलगायतका सामग्री आयात गरिँदा सरकारको सम्बन्धित निकायबाट सिफारिस या स्वीकृति अनिवार्य रूपमा लिनुपर्ने कानुनी व्यवस्था छ । तर, विराटनगर भन्सारले सरकारी अनुमति नभएका सञ्चार उपकरणहरू जाँचपास गरी नेपाल भिœयाइदिने गरेको छ । केही समयअघि एक व्यापारिक कम्पनीले बिनाअनुमति सञ्चार उपकरण भिœयाएपछि त्यस सम्बन्धमा अनुसन्धान गर्दा विराटनगर भन्सारका कर्मचारीहरूको गुप्त धन्दाको रहस्योद्घाटन हुन पुगेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त दीप बस्नेतका भतिज बताउने कृष्णबहादुर बस्नेत विराटनगर भन्सारका प्रमुख छन् भने उनलाई संरक्षण दिनेमा दीप बस्नेतबाहेक भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गाना र राजश्व अनुसन्धान विभागका महानिर्देशक निर्मलहरि अधिकारी तथा काङ्गे्रस नेता ज्ञानेन्द्र कार्की र एमालेका चर्चित व्यक्ति पर्शुराम बस्नेत रहेको बताइन्छ । स्मरणीय छ, भन्सार प्रमुख कृष्ण बस्नेत, शिशिर ढुङ्गाना र निर्मलहरि अधिकारीलाई एमालेको माथिल्लो दर्जाको गुप्त नेताका रूपमा लिइन्छ । अख्तियारका आयुक्त दीप बस्नेतको विशेष संरक्षणमा तस्करी तथा अवैध कारोबार भइरहँदा पनि कृष्ण बस्नेतमाथि कुनै कारबाही नहुनुले देश लाइसेन्स प्राप्त लुटेराहरूको हातमा पुगेको महसुस गराएको छ ।