नेविसंघ महामन्त्रीद्वारा भूकम्पपीडित एकलवृद्धालाई ५० हजार सहयोग

नेविसंघ महामन्त्रीद्वारा भूकम्पपीडित एकलवृद्धालाई ५० हजार सहयोग


kundan-kafle

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा रामेछाप पुगेको नेविसंघ टोलीले भूकम्पीडित एक वृद्धालाई पचास हजार पाँच सय पचास रुपैयाँ नगद सहयोग गरेको छ । रामेछाप तिल्पुङ–२ की एकलमहिला पदमकुमारी कार्कीलाई नेपाल विद्यार्थी संघ केन्द्रीय समितिमार्फत उक्त सहयोग रकम शुक्रबार हस्तान्तरण गरिएको हो ।

पदमकुमारी प्रजातान्त्रिक योद्धा स्वर्गिय भक्तबहादुर कार्कीकी श्रीमती हुन् । करिब दश वर्षअगाडी श्रीमानको मृत्यु भएपछि एकल बनेकी पदम कुमारी निःसन्तान हुन् । गत वर्षको भूकम्पमा भएको घर समेत भत्किएपछि उनले छिमेकीहरूले सहयोग गरी बनाइदिएको टहरामा जीवन गुजार्दै आएकी थिइन् ।
‘प्रजातान्त्रिक आन्दोलनका योद्धाकी धर्मपत्नी त्यसमाथी नब्बे बर्षकी बृद्धा आमा असहाय रहेको खबर पाएपछि उहालाई जीवनयापन गर्नको लागी केहि सहज होस् भन्ने उद्देश्यले सानो भएपनि आर्थिक सहयोग उपलब्ध गराएका हौँ,’ रकम हस्तान्तरण कार्यक्रममा आफ्नो धारणा राख्दै नेविसंघ महामन्त्री काफ्लेले भने– ‘यस्ता प्रजातन्त्रका सेनानी लगायतका अग्रजहरुको सम्मान गर्न सके उहाहरुले देश र जनताका लागि दिएको योगदानको कदर हुने थियो ।’
‘प्रजातान्त्रिक संघर्षमा सहभागी हुँदाको प्रवासी जीवन र श्रीमानको जेलजिवनको कथाव्यथा सुन्दै सहयोग सम्मानको लागि रामेछाप, तिल्पुङस्थित भुकम्पबाट पुर्ण ध्वस्त उहाँको निवासमा हामी पुग्यौँ’, काफ्लेले भने ।