पूर्वराजाको विज्ञप्तिले मुलुक तरंगित

पूर्वराजाको विज्ञप्तिले मुलुक तरंगित


ex king gyanendra

संविधान संशोधनको मामला कचपल्टिरहेको र मुलुक तीव्र ध्रुवीकरणमा गएको अनुभूति भइरहेको परिवेशमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट बुधबार जारी गरिएको विज्ञप्तिले नयाँ तरंग पैदा गरेको छ । कुनै विशेष अवसरमा मात्र आफ्नो सन्देश सार्वजनिक गर्दै आएका पूर्वराजाले अकस्मात विज्ञप्ति जारी गरेर देशको अवस्थाप्रति चिन्ता प्रकट गर्नुलाई खास कोणबाट टिकाटिप्पणी र विश्लेषण गरिँदैछ ।

पूर्वराजाद्वारा जारी विज्ञप्तिमा दिनानूदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ- ‘आज हामी जून माटोमा जन्मिएर कर्म क्षेत्रमा क्रियाशील छौं, त्यो श्रद्धा र आस्थाका धरोहर पूर्खाहरुको वलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भुमि हो । हामीलाई सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पूर्खाहरुले सूम्पिएको राष्ट्रलाई जोगाउंदै समृद्ध, समून्नत र सूदृढ बनाउनू हाम्रो मुल दायित्व एंव कर्तव्य हो । तर वर्तमान अवस्थामा मुल्य–मान्यतामा आधारित राजनीति नहूनू, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनू र आपराधिक कार्यले नेपाली समाज प्रताडीत बनिरहेको छ । दिनानूदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्म माथि निर्मम प्रहार भइरहेको छ ।’

‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशस् जलाई रहेको छ । आज नेपाली बिचको सामाजिक सद्भाव मेटिदैं छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ । ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शव्द भावको दूरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनि रहेको छ ।’

‘निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हून सक्दैनन् । इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पुरा गर्न गरिएको कार्यहरु कदापि प्रसंशित हून सक्दैनन् । माटो र मूटूसंग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधूनिकताको दूहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन ।’

‘नेपालको स्थाथी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासि नै हून् । त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मुल आधार हो । नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णूता, सहअस्थित्व र पद्धतिसंग जोडिएको यावत विषय नै लौकिक सत्ता हो । दूर्भाग्यवस आजको सन्दर्भमा वाह्य शक्तिको अनूचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको छ भने, स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको छ ।’

‘अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सूम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सूम्पन्न मूखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ । राष्ट्रप्रेम र राट्रप्रतिको समर्पणबाटै एकता, अखण्टता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाटनै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं ज्ञ समय भडकी सकेपछि पश्चातापले कूनै अर्थ राख्दैन ।’

‘श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।’