हडतालमा साढे सातलाख मानिसहरु सामेल हुने

हडतालमा साढे सातलाख मानिसहरु सामेल हुने


लण्डन । अहिलेको सरकार सत्तासीन भएदेखि, यस महिनाको अन्तमा तोकिएको हालसम्मको सबैभन्दा ठूलो हडतालमा साढे सातलाख सरकारी कर्मचारीहरु सामेल हुने जानकारी प्राप्त भएको छ । पेन्शन, तलब र कामको बारेमा सरकारले गरेको योजनाअन्तर्गत विवाद भएकोले आगमी ३० जुन २०११, बिहीवारको दिनमा कालो दिवस अनुरुप बृहत हडताल गर्ने कुरामा चारवटा कर्मचारी संगठनहरुको संयोजनमा सहमति गरेर हस्ताक्षर गरेका छन् । यस हडतालका लागि यस वर्षको उत्तरार्धमा सयौं हजार शिक्षकहरु तथा कलेजका लेक्चररहरुले सहमति प्रकट गरेर मत दिएका थिए । अहिलेको हडतालमा उनीहरु पनि सरिक हुनेछन् । पब्लिक एण्ड कमर्सियल सर्भिसेज युनियनका महासचिव, मार्क सर्वोटकाले हडतालको बेलामा स्कुलहरु, कलेजहरु र जब सेन्टरहरु बन्द गरिनेछन्, ड्राइभिङ लाइसेन्सहरु वितरण गर्नुबाट रोक लगाइनेछ, एअरपोर्ट र अन्य बन्दरगाहहरुमा लामबद्ध लाइन लागेर विरोध गरिनेछ भनेर समाचारमा भनेका छन् । उनले …यूकेभरिमा कुनै यस्तो मानिस रहनेछैन जसले यस हडतालको प्रभाव नदेखोस् …भनेका छन् । उनले सरकारी योजनालाई खण्डन गर्दै उज्यालोमा नै डाँका गरेजस्तै सरकारी क्षेत्रमा कर्मचारीलाई बढी काममा दलने अनि पेन्शनचाँहि एकदमै कम्ती दिने भनेका छन् ।
हिजो पीसीएस (पब्लिक कमर्सियल सर्भिसेज)को भोटिङमा ६१ प्रतिशत (दुईलाख नब्बे हजार) ले हडतालमा जाने मत जाहेर गरेका थिए । ३ जनामध्यमा एकजनाभन्दा कम अनुपातको बलियो म्यान्डेट दिएर अहिलेको हडताललाई साथ दिएका छन् । महासचिव सर्वोटकाले … केहीले जागीर गुमाए तापनि भारी वाधा अडचन्को बावजुद प्राय सबैले केही पाउनका लागि क्षणिक आप्ठ्यारोलाई सहन गर्नुपर्छ भन्ने सोच बनाएका छन्..यदि सरकारी पेन्शनलाई तह निर्धारण गरेर ग्यारेन्टी दिन्छभने सरकारी पेन्शन एकदमै राम्रो हो, अहिले केही निजी क्षेत्रका कम्पनीहरुले पेन्शनको तह निर्धारण गरेर पेन्शन दिँदै गरेको कुरा सरवोटकाले आफ्नो भनाइ राख्ने क्रममा भनेका थिए । यसपछि पनि शरद ऋतुमा अझ ठूलो हडताल गर्ने सुझाव युनियनले दिएको छ । त्यस हडतालमा एनएचएसलाई मिलाएर सबैले मत दिएमा कम्तीमा ४० लाख कर्मचारीहरु हडतालमा उत्रनेछन् भन्ने कुरा जनाएका छन् । श्रोत – नेट, सुमल, मेस ।