
– त्रिभुवनचन्द्र वाग्ले
दलहरूले राजतन्त्र र राजसंस्था फरक हुन् भनेर बुझेनन् वा बुझ्न चाहेनन् । तन्त्रलाई छुटाएर संस्थालाई सम्मान गर्ने फराकिलोबाट दलहरू हिडेनन् । यसको परिणाम देशमा राजनीतिक अस्थिरता रहिरहेको छ । ठूलो दुर्घटनाको सम्भावना छ भनेर प्रधानमन्त्रीदेखि नेता सबैले भन्दै आएका छन् । हिजो पञ्चायतले बहुदलको अस्तित्व निषेध गरेझै आज पूर्वराज शक्तिको अस्तित्व निषेध गरिएको छ । यस्तो अवस्थामा जसले पनि सहअस्तित्वका लागि आह्वान गर्नुलाई अस्वाभाविक मान्न सकिदैन । बीपीले कुण्ठा, आवेग वा राजनीतिक सुरक्षाका लागि मेरो र राजाको घाँटी जोडिएको छ भन्नुभएको होइन । त्यतिखेर दरवार वा पञ्चायतले त्यसलाई बुझेन वा बुझ्न चाहेन तर आजका दलहरूले पनि पूर्वराजाले भन्नुभएको सहअस्तित्वको आग्रहलाई नबुझ्नु वा बुझ्न नचाहनु त पञ्चायतको दोस्रो संस्करण–चरित्र भयो नि !
पूर्वराजा ज्ञानेन्द्र शाहले पुस १ गतेको सन्दर्भमा दिनुभएको वक्तव्यले नेपाली राजनीतिमा ठूलै हलचल ल्यायो । सामाजिक सञ्जालमा मात्र होइन मन्त्रिपषिद्को बैठकमा पनि यो वक्तव्यले चर्चा पायो । प्रतिक्रियास्वरुप दरवार हत्याकण्डको छानविन गर्ने सकिने छलफल गरेर उहाँलाई मनोवैज्ञानिक धम्की दिइयो । इतिहास दोहरिएको छ अल्लि भिन्न शैलीमा । पञ्चायतकालमा वीपी वा गणेशमान सिंहहरूले बोलेपछि पञ्चहरू त्यसको विरोध गर्न कस्सिन्थे । उनीहरूसँग तर्क हुँदैनथ्यो । कुतर्क गर्थे । अनि भन्थे यी अराष्ट्रिय तत्वलाई कारवाही गर्नुपर्छ । दिवंगत बीपीका नाममा वृक्षारोपण गर्दा नेपालैभरि बीपी जङगल भएर उम्म्रेलान् भन्ने भय हुन्थो पञ्चलाई । आजका सत्ताधारी यस्तै देखिएका छन् । पूर्वराजा शाहको वक्तव्यबाट आफूलाई असुरक्षित ठानेका छन् । त्यो वक्तव्यमा कसैले आफूलाई असुरक्षित ठान्नुपर्ने शब्दावली छैनन् । चोरले खुट्टा थुत्छ भने, खुट्टा काट्छु छनेर जुक्ति गर्नेको चलाखीको विरोध गरेर के अर्थ हुनछ ?
पूर्वराजाको वक्तव्यको कुन शब्द वा वाक्यले नेपाल र नेपालीको अहित गर्छ भन्न नसक्ने नेताहरू वक्तव्यको सोलोलोडो भाषासँग भन्दा पनि यसका पछाडि केही अवस्था छ कि भनेर डराएका हुन् भनिएको छ । शाहाको वक्तव्यमा वर्तमान परिस्थितिप्रति असन्तोष छ । यो उहाँको मात्र बुझाइ होइन होाल । आम नेपालीको हो । नेताहरूलाई यो कुरामा विश्वास नलागे वर्तमान परिस्थितिप्रति जनातको सन्तोष वा असन्तोष मापन गरे हुन्छ । त्यो भनेको जनमत हो । जनमत सङ्ग्रह हो । त्यो गर्ने हिम्मत नभएपछि विरोध गर्नुको अर्थ रहदैन । प्रजातन्त्रमा सबैले बोल्न पाउँछन् । भोल्तीयरले भनुझै ‘कसैका हरेक शब्दमा असहम हुन सकिन्छ तर उसलाई ती शब्द बोल्ने अधिकारको रक्षा गरिनुपर्छ ।’ यदि सबै नागरिकलाई वाकस्वतन्त्रताको अधिकार नदिने हो भने त्यो व्यवस्था निरङ्कुश हो भन्नुपर्ने हुन्छ । राष्ट्रियताको विरुद्धमा छ त्यो वक्तव्य ? कि वर्तमान व्यवस्थाको ? साँचो अर्थमा भन्ने हो भने वर्तमान परिवेश अर्थात राष्ट्रिय चिन्तामा केन्द्रित छ त्यो वक्तव्य । राष्ट्रका बारेमा हरेक नेपालीले चिन्ता र चासो व्यक्त गर्न पाउँछन् ।
एक नेपाली ज्ञानेन्द्र शाहले त्यस्तो चिन्ता व्यक्त गर्नुृ अस्वाभाविक होइन । वर्तमान अव्यवस्थामा बारेमा उहाँले मात्र होइन करोड नेपालीको चिन्ता छ । नेपालका कुनै पनि जनता वा नेताभन्दा राष्ट्रियताको सवालमा दरबारका पूर्व सदस्यहरू कमजोर छन् भन्नु शतप्रतिशत असत्य मात्र होइन ठूलो पाप पनि हुने छ । दरवार निकटस्थ केही व्यक्ति तत्कालीन माओवादीमा प्रवेश गर्दा मओवादी अध्यक्ष प्रचण्ले ‘दरवारको वरिपरी असाध्धै राष्ट्रिवादी व्यक्ति छन् भन्नुभए सन्दर्भ यहाँ स्मरणीय छ । आफ्नो हातमा शक्ति नपर्दासम्म राज संस्थालाई पनि एउटा राष्ट्रवादी शक्ति भन्ने माओवादी नेताहरुले कसरी ज्ञानेन्द्र शाहमाथि वक्तव्यको आधारमा कारवाहीको धम्की दिन सक्छन् । तत्कालीन युवराज धीरेन्द्र र राजा वीरेन्द्रसँग माओवादीको घनिष्ट सम्पर्क रहेको माओवादी नेताले सार्वजनिक अन्तर्वार्तामार्फत स्वीकार गरेकै हुन् । तर कम्युनिष्ट हुनुको नातामा कसैको अभिव्यक्ति स्वतन्तामा बन्देज लगाउनु माओवादीको स्वभाविक राजनीतिक चरित्र हुन्छ । कम्युनिष्ट हुनुको नाताले बहुलबाद वा विविधता उसको ऐच्छिक विषय नहुन सक्छ । नेपालको शक्ति सन्तुलनले मात्र उनीहरुलाई प्रजातन्त्रका मान्यतामा अडिन बाध्य बनाएको छ । होइन भने उनीहरूले आफ्नो गन्तव्य जनगणतनत्र नै भएको पटकपटक स्पष्ट गरेका छन् । त्यसैले उनीहरुलाई अभिव्यक्ति स्वतन्त्रताप्रति विश्वास नहुनु स्वाभाविक नै हो । तर काँग्रेसका नेताले पनि पूर्व राजाको व्यक्तव्यको विरोध गर्नु लज्जावोध मात्र हो ।
कोइलीजस्तो काँग्रेसले कागको प्वाख लगाएको छ अहिले । राष्ट्रियता, प्रजातन्त्र समाजवादको सिद्धान्तमा परिमार्जन नगरी ऊ कागको बथानमा मिसिएको छ । प्रजतन्त्रले विविधता स्वीकार गर्छ । विचारमा, कार्यक्रममा, संस्कृतिमा दर्शनमा जताततै बहूलवाद स्वीकार गर्छ । प्रजातन्त्रको हिमाइती भन्ने नेपाली काँग्रेसले कसैलाई बोल्ने अधिकार छैन भन्यो भने त्यो आङमा काँग्रेस अर्थमा पञ्च हुनेछ । काँग्रेसका विशिष्ट प्रतिष्ठित नेता केबी गुरुङ लगायतका नेताले पूर्वराजाले बोल्न पाउँछन् भनेर प्रजातान्त्रिक निष्ठा व्यक्त गर्नुभएको छ । बोल्न मात्र होइन एक नेपालीले पाए सरहको संवैधानिक अधिकार पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शहादेवलाई पनि रहन्छ । यो उहाँको वैयक्तिक अधिकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजले सुरक्षित गरेका छन् ।
हो, हिजो दरवारका तर्फबाट ठूलो कमजोरी भएको छ । त्यो भनेको नेपालमा प्रजातन्त्र र राजसंस्थालाई डायुलुट (अन्तरघुलन ) गर्ने काम भएन । यसको नेतृत्व दरवारले लिनुपथ्र्यो । प्रजातन्त्र र राजतन्त्र फरक हो, अझ एकअर्काका विरोधी शक्ति हुन् भन्ने जस्तो छाप देखाउन दरवार सक्रिय रह्यो । होइन भने प्रजातन्त्र र राजसंस्थाबीच बेलायतमा द्वन्द्व भएन ? भारतको प्रजातन्त्रमा विकृति देखिएन ? त्यहाँ प्रजातन्त्रको विकल्पमा आफूलाई देखाउने कुनै शक्ति भएन तर हाम्रो दरवारले आफूलाई सधै प्रजातन्त्रको विकल्प त्यो पनि विपरीत विकल्प देखायो । यसको परिणाम आज मुलुक विकासमा पछि प¥यो, राष्ट्रियता कमजोर भयो, प्रजातन्त्रले स्थायित्व पाएन भनिरहेका छन् नेताहरू । साथै राजसंस्था राजनीतिक ओझलमा प¥यो ।
दलहरूले राजतन्त्र र राजसंस्था फरक हुन् भनेर बुझेनन् वा बुझ्न चाहेनन् । तन्त्रलाई छुटाएर संस्थालाई सम्मान गर्ने फराकिलोबाट दलहरू हिडेनन् । यसको परिणाम देशमा राजनीतिक अस्थिरता रहिरहेको छ । ठूलो दुर्घटनाको सम्भावना छ भनेर प्रधानमन्त्रीदेखि नेता सबैले भन्दै आएका छन् । हिजो पञ्चायतले बहुदलको अस्तित्व निषेध गरेझै आज पूर्वराज शक्तिको अस्तित्व निषेध गरिएको छ । यस्तो अवस्थामा जसले पनि सहअस्तित्वका लागि आह्वान गर्नुलाई अस्वाभाविक मान्न सकिदैन । बीपीले कुण्ठा, आवेग वा राजनीतिक सुरक्षाका लागि मेरो र राजाको घाँटी जोडिएको छ भन्नुभएको होइन । त्यतिखेर दरवार वा पञ्चायतले त्यसलाई बुझेन वा बुझ्न चाहेन तर आजका दलहरूले पनि पूर्वराजाले भन्नुभएको सहअस्तित्वको आग्रहलाई नबुझ्नु वा बुझ्न नचाहनु त पञ्चायतको दोस्रो संस्करण–चरित्र भयो नि !
आफूलाई प्रजातन्त्रवादी, समन्वयवादी मध्यमार्गी भन्ने गरेकाले काँग्रेसले सबैको अस्तित्व स्वीकार गर्नुपर्छ । त्यसका नेताले यस्तो हिम्ममत गर्नुपर्छ । जनताले गणतन्त्र घोषणादेखि राजतन्त्रको अन्त्य वा धर्मनिरपेक्षेताको निर्णयमा आफूले निर्णय गर्न पाउनुपर्ने माग गरेभने काँग्रेस प्रजातन्त्रवादी भएकाले त्यसलाई स्वीकार उसको प्रजातान्त्रिक चरित्र हुनेछ । हराउन घोषणा गरिएको वा हराइएको जनमत सङ्ग्रहको परिणाम किन स्वीकार गर्नुभयो भनेर सोधिएका सबै प्रश्नमा बीपीले प्रजातन्त्रवादी भएका नाताले आफूले यसो गरेको हुँ भन्नु भएको थियो । देखाउन कै लागि सही, धाँधली गरेकै होस् पञ्चायतले त आफूलाई जनमत सङ्ग्रहको अग्नि परीक्षामा होमेको थियो त्यति गर्ने आँट छैन अहिलेका नेतालाई । धर्मका बारेमा जनमत लिनुपर्छ भनेर नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले भन्नुहँदा त्यस्तै राजनीतिक पहिरो गयो । नेपालको राजनीतिमा विविधता र भिन्न विचार सुन्ने क्षमताको विकासै भएन । पञ्चायतमात्र होइन प्रजातन्त्रमा पनि यस्तो भएन । केही परिवर्तन भएका भए पनि अपेक्षाकृत परिवर्तन भएन । पूर्वराजाको वक्तव्य विरोधको विरोधका आएका आवाज यसैको परिणाम हो ।
प्रतिक्रिया