सर्वोच्च र राष्ट्रपतिको अपहेलना : जीवनरामका कारण सातौँ विवादमा

सर्वोच्च र राष्ट्रपतिको अपहेलना : जीवनरामका कारण सातौँ विवादमा


sport-1

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा कसले अतिथि बनाएर उपस्थित गरायो त्यो अहिले पनि चर्चाको विषय बनेको छ । प्राप्त जानकारीअनुसार श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले अथितिका लागि निमन्त्रणा दिएर बोलाएको बुझिनमा आएको छ । यो घटनाले विष्ट श्रेष्ठकै इशारामा खेलकुद चलाइराखेको प्रमाणित भएको छ । अन्यथा सर्वोच्चले अवैधानिक र गृह मन्त्रालयले हालै तालाबन्दी गरेको कुरालाई विष्टले कदापि नजरअन्दाज गर्ने थिएनन् । श्रेष्ठलाई उद्घाटन समारोहमा बोलाउनुको रहस्य के थियो ? त्यसको जवाफ अब विष्टले कसरी दिन्छन् त्यो आफँैमा प्रश्न बनेको छ । विष्टको यो कार्यले सर्वोच्चको मात्र नभई सम्माननीय राष्ट्रपति विद्या भण्डारीको समेत अपहेलना भएको दाबी गरिएको छ ।

प्राप्त जानकारीअनुसार सातौँको उद्घाटन हुनु एक दिनअघि बसेको मूल आयोजक समितिको बैठकमा जीवनराम श्रेष्ठबारे कुनै कुराको चर्चा गरिएको थिएन । उक्त बैठकमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली, राखेपका सदस्यसचिव केशवकुमार विष्ट र आयोजक समितिका सदस्यहरू राखेपका कोषाध्यक्ष सुरेन्द्र हमाल, लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचन र पूर्वाञ्चलका खम्बाका रूपमा परिचित किशोर राईको उपस्थिति रहेको थियो । बैठकमा श्रेष्ठबारे कुनै चर्चा नचले पनि उद्घाटन समारोहमा उनीको उपस्थिति सबैलाई खड्केको थियो । सो अवसरमा आपसी कानेखुसी चले पनि कसैले पनि श्रेष्ठको उपस्थितिबारे औँला उठाउन र विरोध गर्न सकेका थिएनन् । श्रेष्ठलाई मञ्चमा बसाइए पनि उनको पदीय हैसियत भने ओलम्पिक कमिटीको अध्यक्ष नभई खेलकुद पदाधिकारीको रूपमै सीमित थियो । यस्तो गराउन युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विशेष भूमिका निभाइरहेका थिए । दाहाललाई जीवनरामको पदीय हैसियत खुलाएर मञ्चमा आसीन गराउनुपर्ने दबाब नआएको पक्कै होइन, तर दाहालले यो कुरालाई नजरअन्दाज गरेका थिए । उनले दबाब दिनेलाई ‘मेरो जागिर जान्छ’ म यो गैरकानुनी काम गर्दिनँसमेत भनेको स्रोतले दाबी गरेको छ ।

र पनि, प्रमुख अतिथि राष्ट्रपति भण्डारी र मुख्य अतिथि खेलकुदमन्त्री श्रीपालीको नाम मात्र लिएको अवस्थामा मन्त्रीले सातौँको झन्डोलोत्तोलन गरेपछि एक्कासि उद्घोषक सञ्जीव सिल्पकारले श्रेष्ठको नाम फुकेर सबैलाई चकित पारिदिएका थिए । सिल्पकारले यो उद्घाटन समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको पनि उपस्थिति रहेको जानकारी गराउ“छु भनेका थिए । त्यतिबेला मञ्चमा राष्ट्रपति, सदस्यसचिव विष्ट, उपाध्यक्ष लामा टेन्डी शेर्पा, मन्त्रालयका सचिव, उपसचिव र राखेपका पदाधिकारीको उपस्थिति थियो । त्यसपछि मञ्चमा खैलाबैला मच्चियो । उपस्थित सबै पदाधिकारी राताराता मुख पार्दै एक–अर्कालाई हेर्न थाले । परिणाम मौनता सा“ध्दै काङ्ग्रेस तथा अन्य पदाधिकारी मञ्च छोड्न बाध्य भए । ती पदाधिकारीले राष्ट्रपतिको मर्यादालाई ख्याल गर्दै मञ्चमा कुनै विरोध र हल्ला नमच्चाए पनि बाहिर आएर सदस्यसचिव विष्ट र खेलकुदमन्त्री श्रीपालीको खुलेर विरोध गरेका थिए । उनीहरूले सर्वोच्चले अवैधानिक र गृहले भर्खरै कारबाही गरेको संस्थाको प्रमुख कसरी सम्माननीय राष्ट्रपति प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थित हुन पाउ“छ ? त्यसको जवाफ मूल आयोजक कमिटीका अध्यक्ष खेलकुदमन्त्री श्रीपालीले दिनुपर्ने बताउ“दै उक्त कार्यक्रममा मन्त्रीलाई समेत घेराउ गरेका थिए । तर, मन्त्री श्रीपाली आफ्नो कामको वहाना बनाउ“दै उम्किन सफल भएका थिए ।

उद्घाटन समारोहमा जीवनराम श्रेष्ठको नाम सुनेपछि आक्रोशित सुरेन्द्र हमाल, देवेन्द्र शेरचन र किशोर राईले यो घटनाको छानबिन गर्नुपर्ने बताएका छन् । उनीहरूले कुनै अतिथिको नाम नलिएको ठाउ“मा जीवनराम श्रेष्ठ अर्थात् त्यसैमा अवैधानिक संस्थाको अध्यक्षको नाम किन र कुन प्रयोजनका लागि लिइएको हो त्यसको जवाफ सदस्यसचिव र खेलकुदमन्त्रीसँग सातौँको समापनपछि मागिने बताएका छन् । कसले र कसको इसारामा यस्तो कार्य गरिएको हो त्यसले जवाफ दिनुपर्नेछ । अन्यथा यसको विरोधमा खेलकुदमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए । अहिले पूर्वाञ्चलमा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हु“दै छ, यो पूर्वाञ्चलको मान, सम्मान र प्रतिष्ठाको विषय बनेकाले हामी सातौँमा आ“च आउने कुनै कार्य गर्दैनौँ । सातौँको समापनपछि यस्तो हर्कतलाई हामी छोड्दैनौँ– राईले भने । यो घटनाले पूर्वाञ्चलको सम्मानमा आ“च पुगेको छ भन्दै राईले जसले यो घटना घटायो त्यसलाई नछोडिने बताएका छन् । यो कानुनी राज्यको उपहास हो, यहा“ कानुनको खिल्ली उडाइएको छ, सर्वोच्चको आदेशको अपहेलना गरिएको छ, तसर्थ कानुन तोड्ने र तोड्न लगाउने कुनै पनि व्यक्तिले मुक्ति नपाउने राईलगायतले दाबी गरे । राईले भने– यो अति भो, अति भो भने खति हुन्छ, अब यसको जवाफ मन्त्री श्रीपाली र सदस्यसचिव विष्टले दिनुपर्छ, हामी त्यसै छोड्नेवाला छैनौँ ।

घटनाबारे जीवनराम श्रेष्ठको नाम उच्चारण गर्ने उद्घोषक सञ्जीव सिल्पकारसँग सम्पर्क गर्दा उनले यसमा आफ्नो कुनै दोष नभएको प्रस्ट पारेका छन । आफूले कसैको निर्देशनबिना कुनै कार्य गर्न नसक्ने बताउ“दै सिल्पकारले त्यसको जवाफ आयोजक कमिटीसँग भएको खुलासा गरेका थिए । अहिले यो घटनाले आगोमा घ्यू थप्ने कार्य गरेकाले यसको समाधानका लागि छानबिन कमिटी बनाउने कुरा सुनिनमा आए पनि अहिलेसम्म कमिटी भने गठन गरिएको छैन ।