वसन्त चौधरी प्रतिष्ठानद्वारा विद्यार्थीलाई न्यानो कपडा

वसन्त चौधरी प्रतिष्ठानद्वारा विद्यार्थीलाई न्यानो कपडा


basanta

वसन्त चौधरी फाउन्डेसनले बर्दियाको गुलरिया नगरपालिकास्थित हिमाली निम्नमाध्यमिक विद्यालय चौगुर्जीमा अध्ययनरत पाँच सय छात्रछात्रालाई न्यानो वस्त्र, कम्बल र खाद्यान्न उपलब्ध गराएको छ । फाउन्डेसनले उपलब्ध गराएको लुगा, कम्बल र खाद्यान्न बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले स्कुलपरिसरमै एक कार्यक्रमको आयोजना गरी गत बुधबार विद्यार्थीलाई वितरण गरेका हुन् । प्रजिअ थापाले वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको सहयोगको प्रशंसा गर्दै यस्तो सहयोगले निरन्तरता पाउने अपेक्षा गरे भने कार्यक्रममा गुलरिया नगरपालिकाका कार्यकारी प्रमुख रामचन्द्र पौडेल, हिमाली निमाविका प्रधानाध्यापक भानुभक्त अधिकारी, बगलामुखी माविका प्राचार्य भेजेन्द्रबहादुर थापा, हिमाली निमाविका पूर्वसञ्चालक अध्यक्षद्वय धनेशकुमार यादव र रामलाल यादवले सम्बोधन गरेका थिए ।