ग्लोबल बैंकद्वारा रक्तदान कार्यक्रम

ग्लोबल बैंकद्वारा रक्तदान कार्यक्रम


global

ग्लोबल आईएमई बंैकले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान नै जीवन दान’ भन्ने नाराका साथ पुस १८ गते बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ । मुलुकमा देखिएको रगत अभावलाई ध्यानमा राखी बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

०६३ पुस १८ देखि सञ्चालनमा आएको ग्लोबल आईएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाएको छ । स्थापनाको एक दशकमा बैंक बैंक अफ दी इयर तथा बेस्ट इन्टरनेट बैंकिङ अवार्डबाट समेत सम्मानित भइसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर, ४४ शाखारहित बैंकिङ सेवा रहेको ग्लोबल आईएमई बैंकले ६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथ अस्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, यूएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

यसै क्रममा चन्द्रागिरि हिल्सले निर्माण गरेको चन्द्रागिरि केबलकारका ग्राहकका लागि उक्त कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको छ । राजधानीको कोटेश्वर भाटभटेनी र महाराजगञ्जबाट एक–एकवटा बस बिहान साढे सात बजे गत आइतबारदेखि नियमित रूपमा छुट्न थालेका छन् । यसबाट चन्द्रागिरि केबलकारका ग्राहकलाई निकै राहत पुग्ने अपेक्षा गरिएको छ ।