‘…थानकोट नकाटेको ज्यापु…’

‘…थानकोट नकाटेको ज्यापु…’


sailesh-shrestha

‘त्यो ज्यापुले थानकोट त काटेको छैन, कसरी विराटनगर आउ“छ ?’ माथि उल्लिखित शब्द सुन्दा र पढ्दा जोकजस्तै लाग्छ, तर यो जोक होइन । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको मुखाराबिन्दबाट निस्किएका शब्द हुन् यी । विष्टले विराटनगरमा रातलाई रङ्गीन बनाउने क्रममा रेड वाइनको चुस्की लगाउ“दै राष्ट्रिय खेलकुद परिष्दका सदस्य सैलेश कर्माचार्यमाथि कटाक्ष गर्दै अपमानित तरिकाले त्यस्तो बोलेका हुन् । विष्टले त्यसरी अपमानित भाषा कर्माचार्यमाथि किन प्रयोग गरे त्यसको पनि कारण छ । त्यो थियोे– सैलेशले सातौँ राष्ट्रिय प्रतियोगिता बहिष्कार गरेका थिए ।
सातौँमा कामरेडहरूको हालिमुहाली चलेपछि अर्थात् सम्पूर्ण समिति, उपसमितिमा आफ्ना मान्छे राखेपछि सैलेशले यसको खुलेर विरोध गरेका थिए ।

त्यसपछि उनले सातौँमा आफ्नो कुनै भूमिका नभएको भन्दै सातौँलाई बहिष्कार गरेका थिए । तर, सातौँमा काङ्गे्रसको कोटाबाट नियुक्ति भएका अन्य राखेप सदस्यको भने उपस्थिति रहेको थियो । यही अवसरमा विष्टका एक हनुमानले सैलेश सातौँमा नआएको र बहिष्कार गरेको सदस्यसचिव विष्टलाई जानकारी गराएका थिए । ती हनुमानले सैलेशलाई बोलाउन सके राम्रो हुने थियो भनेर कान फुकेका थिए । त्यसपछि विष्टले सैलेशलाई फोेन गर्दै विराटनगर आउन अनुरोध गरेका थिए । तर, सैलेशले आफूले सातौँ बहिष्कार गरेको भन्दै नआउने जानकारी गराएका थिए । त्यसपछि रेड वाइनको नशामा मस्त विष्टले ‘त्यो थानकोट नकाटेको ज्यापु कसरी विराटनगर आउ“छ ?’ भन्दै सैलेशको उछित्तो काढेका थिए । त्यसपछि उक्त जमघटमा उपस्थित कामरेडहरूको हा“सोको फोहोरा छुटेको थियो । सबैले यो घटनालाई हल्का र मनोरञ्जनको रूपमा लिएका थिए ।

यो घटनाबारे राखेप सदस्य सैलेश कर्माचार्यसँग सम्पर्क गर्दा उनले सदस्यसचिव विष्टको दुईपटक फोन आएको बताएका छन् । सो फोन वार्तामा विष्टले आफूलाई विराटनगर आउन भनेकोसमेत खुलासा गरेका छन् । तर, आफूले सातौँलाई बहिष्कार गरेकाले आउन नमिल्ने कुरा विष्टलाई बताएको सैलेशको कथन थियो । फोनमा अन्य त्यस्तो कुनै कुरा नभएको पनि उनले दाबी गरे । पछि मेरोबारे सदस्यसचिव विष्टले यस्तो भन्नुभो भन्ने गाइ“गुइ“ सुनेको हु“, सत्यता के हो ? मलाई थाहा छैन । सदस्यसचिव काठमाडौं फर्केपछि यसबारे कुरा गर्छु, यदि उहा“ले यो कुरा भनेको प्रमाणित भएमा काठमाडौंका सम्पूर्ण नेवारहरूलाई लिएर राखेप घेर्ने बताएका छन् ।

एक प्रत्यक्षदर्शीले यो कुरा सदस्यसचिव विष्टले भनेको बताएका छन् । ‘तर, विष्टले मजाक गर्ने क्रममा यस्तो भनेका हुन्,’ उनले भने, ‘रमाइलो वातावरण थियो, उहा“को मजाक गर्ने बानी, त्यसमाथि सैलेशजीको कुरो आएपछि उहा“ले सैलेशजी साथीभाइ भएको नाताले यस्तो मजाक गर्नुभएको हो । त्यहा“ त्यस्तो सिरियस कुरो केही भएको थिएन । सैलेशजी नआउने भएपछि विष्टले रमाइलो गर्दै यस्तो भन्नुभएको हो । उहा“को अपमान गर्न कदापि होइन । किनकि यो घटनाको म प्रत्यक्षदर्शी हु“ ।’ अब सदस्यसचिवजस्तो जिम्मेवार व्यक्तिले आफ्नै कार्यसमितिको सदस्यउपर यस्तो मजाक गर्न मिल्छ या मिल्दैन त्यो छानबिनको विषय बनेको छ । अब सैलेशले यो कुरालाई कसरी हजम गर्छन् त्यसले विशेष अर्थ राख्नेछ । प्राप्त जानकारीअनुसार सैलेशले यो विषयमा कानुनी सल्लाहकारसँग सम्पर्क गरिरहेको बुझिएको छ । खेलकुदका हरेक मुद्दामा विष्टसँग लड्दै आएका सैलेश अब आफ्नो व्यक्तिगत मुद्दा कसरी लड्छन् त्यो हेर्न लायक भएको छ ।