निःसहाय सेवा सदनलाई ग्लोबल आइएमईको सहयोग

निःसहाय सेवा सदनलाई ग्लोबल आइएमईको सहयोग


globle

आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले निःसहाय सेवा सदन, शान्तिनगरमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई खाना खुवाएर कम्बल वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत निःसहाय सेवा सदनमाा आश्रय लिइरहेका ४५ जना वृद्धबृद्धाहरुलाई सहयोग गरेको हो ।
ग्लोबल आइएमई ंबैंकले आफ्नो सातौँ बार्षिकोत्सवको अवसरमा पनि निःसहाय सेवा सदनलाई आर्थिक सहयोग गरेको थियो । बैंकले १०औँ वार्षिकोत्सवकै अवसरमा गत १८ गते रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रमको पनि आयोजना गरेको थियो ।

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ अर्वाडबाट समेत सम्मानित भइसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको बताएको छ ।