खलनायकको खोजी कसले गर्ने ?

खलनायकको खोजी कसले गर्ने ?


sport-2

– श्रीविक्रम भण्डारी

त्यो घटना आमनेपाली खेलकुदप्रेमीको मानसपटलमा ताजै छ । घटना सातौँको उद्घाटन समारोहमा घटेको थियो । उद्घोषक सञ्जीव सिल्पकारले एक्कासि जीवनराम श्रेष्ठको नाम मञ्चबाट फुकेपछि उद्घाटन समारोहको वातावरण तरङ्गित बन्न पुगेको थियो । सिल्पकारले मञ्चमा उपस्थिति अन्य अतिथिलाई किनारा लगाउ“दै श्रेष्ठको नाम फुकेपछि उद्घाटन समारोहमा सनसनी मच्चिएको थियो । उपस्थित अतिथिका मुख राताराता भएका थिए भने मुख्य अतिथि राष्ट्रपति विद्या भण्डारीसमेत एकैछिनमा बदलिएको त्यहा“को माहोल देखेर अन्योलमा पर्नुभएको थियो । आखिर उत्कृष्ट माहोललाई धमिल्याउने दुस्प्रयास कसले ग¥यो ? र, उद्घाटन समारोहलाई बिथोल्ने र विवादमा तान्ने कार्य कसले ग¥यो ? जसले यो घटना घटायो, त्यो खलनायकलाई सार्वजनिक गर्ने काम न युवा तथा खेलकुद मन्त्रालयले ग¥यो, न राष्ट्रिय खेलकुद परिषद्ले । अहिलेसम्म पनि त्यो खलनायकको खोजी गर्ने कार्य कसैले गरेको छैन । भोलि पनि गर्छ या गर्दैन त्यसको पनि अत्तोपत्तो छैन ।

खलनायकको खोजी गर्ने कार्य सम्बन्धित निकाय खेलकुद मन्त्रालय र राखेपको हो । यसर्थमा कि सातौँको मूल आयोजक समितिको अध्यक्ष खेलकुदमन्त्री दलजित श्रीपाली हुन् भने तयारी समितिको अध्यक्ष राखेपका सदस्यसचिव केशवकुमार विष्ट हुन् । विडम्बना ! अहिले घटना घटेको दुई साता बितिसक्दासमेत उनीहरूले किन मौनता सा“धेका छन् त्यो रहस्यको विषय बनेको छ । जसबाट नियोजित षड्यन्त्रको गन्धसमेत आएको छ । अन्यथा आफ्नै आ“खाअघि घटेको र कानले सुनेको घटनालाई उनीहरूले अनदेखी र अनसुनी कदापि गर्ने थिएनन् । उनीहरूको यस्तो व्यवहार र रवैयाले यो घटनाका मुख्य पात्र अर्थात् ‘खलनायक’ श्रीपाली र विष्ट त होइनन् ? शङ्का–उपशङ्का उत्पन्न हुनु स्वाभाविक छ । सङ्केतको सुई पनि उनीहरूमाथि नै तेर्सिएको छ । तर, वास्तविक खलनायक को हो ? त्यसको पर्दाफास भने हुन सकेको छैन । यीमध्ये तेस्रो व्यक्ति पनि खलनायक हुने सम्भावना त्यत्तिकै बलियो छ । उसले हनुमानगिरी देखाउन जे पनि गर्न सक्छ भन्ने कुराको आधार पनि निकै बलियो छ । जसले गर्दा घडीका तीन सुईमध्ये एउटा प्रमुख सुईले उनलाई पनि राम्रोसँग सङ्केत गर्न बा“की राखेको छैन । ती व्यक्ति हुन्– सातौँ समारोहका संयोजक तथा जीवनरामका हनुमान कुलबहादुर थापा । थापाको हनुमानगिरी देख्दा थापाले नै यो घटना घटाएका हुन् भन्दा अन्यथा मान्नुपर्ने छैन । यसर्थमा कि थापा पनि यो घटनाका प्रमुख खलनायकका दाबेदार हुन् ।
सातौँको उद्घाटन समारोहमा जे देखियो, जे सुनियो त्यो कसैबाट छिपेको छैन । आमसञ्चारमाध्यमले यसबारे खुलेर खेलेका र देखाएका पनि छन् । तर, त्यसको प्रभाव भने सरोकारवालाहरूलाई परेको छैन । उनीहरू यसलाई ढाकछोप गर्नपट्टि लागेका छन् जुन आफैँमा …लाई भन्दा देख्नेलाई लाज भएको छ । कुरा केही थिएन, सामान्य थियो । तर, गम्भीर थियो, जसले सर्वोच्चको आदेशको अपहेलना गथ्र्यो । त्यसलाई सम्बन्धित निकायका पदाधिकारीले राम्रोसँग बुझे पनि श्रेष्ठलाई उद्घाटन समारोहमा बोलाउन पत्राचार किन गरे– त्यो अहिले गम्भीर विषय बनेको छ । यहा“ श्रेष्ठको दोष छैन । उनी त राखेपले आमन्त्रित गरेका अतिथि हुन् । यहा“ दोषी त राखेप छ, जसले खेलकुद मन्त्रालयलाई समेत चुनौती दिँदै उद्घाटन समारोहमा श्रेष्ठलाई अतिथिमा आमन्त्रित गरेको छ । सर्वोच्चले अवैधानिक भनेर फैसला गरेको नेपाल ओलम्पिक कमिटीसँग किन राखेपले सा“ठगा“ठ ग¥यो त्यसको पर्दाफास हुनु भने जरुरी भएको छ । यो घटनाले के स्पष्ट पार्छ भने ‘कतै सदस्यसचिव विष्ट श्रेष्ठको रिमोट कन्ट्रोलमा त चलेका छैनन् ?’ यदि त्यसो हो भने उद्घाटन समारोहमा घटेको घटना नियोजित थियो । चाकरीको पराकाष्ठा थियो । सर्वोच्चको आदेशको जानीजानी गरिएको अपहेलना थियो । जुन राष्ट्रको कानुनलाई धोती लगाउने कार्य थियो । त्यो राखेपजस्तो संस्थाले गर्न मिल्छ ? आफैँमा प्रश्नवाचक बनेको छ ।

अहिले पनि प्रश्न जहीँको त्यहीँ छ, विवादित व्यक्तिलाई राष्ट्रपति प्रमुख अतिथि रहेको कार्यक्रममा कसले वैधानिकताको लालमोहर लगाउने दुस्साहस ग¥यो ? त्यसको पर्दाफास हुनुपर्छ । खलनायकले आफ्नो खलनायकीपनको उजागर गरेर उद्घाटन समारोहमा ताण्डव देखाउन सफल भए पनि त्यो खलनायक को थियो– त्यसको पहिचान हुन अहिले जरुरी भइसकेको छ । आपसी सम्बन्धको कुरा गर्दा त्यो खलनायकमा सदस्यसचिव विष्टको नाम पहिलो पङ्क्तिमा आउ“छ । चाकरी र हनुमानगिरीलाई हेर्दा कुलबहादुर थापा दोस्रो खलनायकमा पर्छन् । त्यस्तै, मिलोमतो र पानीमाथिको ओभानोका कुरा गर्दा खेलकुदमन्त्री दलजित श्रीपाली तेस्रो नम्बरमा पर्छन् । तर, यी तीनमध्ये वास्तविक खलनायक को हो त ? चर्चाको हिसाबले समारोहका संयोजक कुलबहादुर थापा पहिलो नम्बरमा परेका छन् । के थापा कसैको इसाराबिना अर्थात् चाकरी बजाउन यस्तो हर्कत गर्न सक्छन् ? प्रश्न उठेको छ । तर, उनको स्वभावबाट परिचितहरू भने थापा यस्तो खेलका माहिर खेलाडी भएको बताउ“छन् । यसको अर्थ थापाकै इसारामा उद्घोषक सञ्जीवले श्रेष्ठको उपस्थितिबारे जानकारी गराएका थिए । तर, यो घटनाबारे जबसम्म सञ्जीवले मुख खोल्दैनन् तबसम्म वास्तविक खलनायक को हो ? त्यसको पर्दाफास हुनेछैन । घटना घटेदेखि नै सञ्जीवले मौनधारणा गरेका छन् । उनले यसबारे आयोजक कमिटीले जवाफ दिने भन्दै आफू पन्छिदै आएका छन् । यस्तो अवस्थामा मूल आयोजक समितिको अध्यक्षको नाताले खेलकुदमन्त्री दलजित श्रीपालीको जिम्मेवारी के त ? उनले यसको जवाफ दिनुपर्छ कि पर्दैन ? त्यो अहिले चासोको विषय बनेको छ ।