भारतले छिमेकीको विकास हेर्न चाहेको राजदूतको दाबी

भारतले छिमेकीको विकास हेर्न चाहेको राजदूतको दाबी


Bharat

भारतले आफ्नो विकाससँगै छिमेकीको पनि विकास भएको हेर्न चाहेको नेपालका लागि भारतीय राजदूत रणजीत रायले बताएका छन् । भारतले सबैको साथ र सबैको विकास भन्ने अवधारणा बोकेको भन्दै राजदूत रायले यस्तो दाबी गरेका हुन् ।

कार्यक्रममा राजदूत रायले भने, ‘नेपालको उर्जा क्षेत्रमा पनि भारतले ठूलो मात्रामा लगानी गर्न थालेको छ, अहिले उर्जा संकट रहेकाले भारतबाट ५ सय मेगावाटसम्म विद्युत सप्लाई भएपनि भारतीय लगानीको अपरकर्णाली, पञ्चेश्वर र अरुण तेस्रो बनेपछि नेपालबाट भारत विद्युुत जानेमा ढुक्क छु ।’

भारतीय दूताबास, विकासफण्डको ५ करोडको आर्थिक लागतमा नेपालगञ्जमा बनेको फत्तेबाल आँखा अस्पतालमा ओपिडी, जनरल वार्ड र डाक्टर्स क्वाटरको मंगलबार शिलान्यास गर्दै राजदूत रायले यतिबेला तीव्र विकासको गति लिनुपर्ने बेला आएको बताए । भारतले आफ्नो विकासको गतिमा नेपाललाई पनि साथ लिएर जान चाहेको उनको जिकीर थियो । युवाको शिक्षा र स्वास्थ्यमा लगानी गर्दै उनीहरुलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु पर्ने जोड दिएका उनले युवामा गरेको लगानीले नै मुलुकको विकास हुने बताए । गरिबी र पछयौटेपन दुबै मुलुकको विकासको बाधक भएकोले यसलाई उन्मुलन गर्नका लागि भारत सहकार्यका साथ अघि बढ्न तयार रहेको राजदूतको भनाई छ ।

नेपालमा आँखा स्वास्थ्यको क्षेत्रमा हरेक वर्ष ५ करोड रुपैयाँको विकास बजेट सहयोग गर्दै आएकोमा यस वर्षदेखि कान र मधुमेह रोग उपचारका लागि समेत लागि पनि सहयोग थपेको भारतीय राजदूत रायले जानकारी दिए ।