निवर्तमान प्रमुख आयुक्त कार्की दिल्लीमा, उपचारपछि स्वदेश फर्किंदै

निवर्तमान प्रमुख आयुक्त कार्की दिल्लीमा, उपचारपछि स्वदेश फर्किंदै


lokman-sing

सर्वोच्च अदालतको फैसलापछि जिम्मेवारीमुक्त हुनुभएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्की यतिबेला स्वदेशमा हुनुहुन्न । निजी कामले केही दिनका लागि देशबाहिर लाग्नुभएका कार्कीबारे अनुमानकै भरमा देश छोडेको भन्नेसम्मका प्रचारवाजी गरिएको छ । तर आफ्नाबारे वास्तविकता नबुझी हचुवाशैलीमा गरिएको प्रचारवाजीप्रति कार्कीले अफसोस प्रकट गर्नुभएको उहाँको पारिवारिक सुत्रले जनाएको छ ।

गत आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वाहिरिनुभएका लोकमानसिंह कार्की उपचारको सिलसिलामा दिल्लीमा रहनुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । नियमित स्वास्थ्य परिक्षणका लागि नयाँदिल्ली पुग्नुभएका कार्की त्यहाँस्थित एक अस्पतालमा चिकित्सकको फलोअपमा रहनुभएको छ । पहिलेदेखि नै स्वास्थ्य जाँच तथा उपचारमा संलग्न चिकित्सकसँग उपचार गराइरहनुभएका कार्की केही दिनमै स्वदेश फर्कनुहुने जानकारी दिँदै कार्कीको पारिवारिक स्रोतले अनर्गल प्रचार गरेर व्यक्तिगत चरित्रहत्या नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।