
– राजेन्द्रप्रसाद पाठक
व्याघ्रानां च खलानां च सर्पाणां च मनोरथाः ।
न सर्वे सिद्धीमायन्ती तेनेदं वर्तले जगत् ।।
तुलसीदासकृत रामायण बालकाण्ड पाना नम्बर १ सय ९८ को अन्तिम श्लोकअनुसार उल्लेखित उद्वरणले व्यक्त गर्न खोजेको भावार्थले के कुरालाई स्वीकार गरेको छ भने बाघको, दुर्जनको र सर्पको मनोरथ सबै सिद्ध हुन पाउ“दैनन्, यदि भयो भने संसार अद्यावधिक हुनै सक्तैन । त्यसैले होला त्रेतायुगमा पुलस्त्य ऋषिको छोरो अत्यन्त धार्मिक धुरन्धर विश्रवाकी पत्नी तृणविन्दुका छोरा कुवेर अथवा वैश्रणवा थिए भने उनै धुुुुरन्धर विश्रवाकी पत्नी सुमाली राक्षस कन्या केकसीपट्टिका रावण, कुम्भकर्ण, विभीषण तीन कुमारसहित एक मात्र कन्या सुपर्णखा थिइन् । कुवेर देव कमिटीका कोषाध्यक्ष थिए भने विभीषण सकारात्मक अर्थात् दैव चरित्रका थिए । बा“की रावण, सुपर्णखा र कुम्भकर्ण राक्षसी प्रवृत्तिका थिए । रावणले ब्रह्माजीको तपस्याबाट वानर जाति र मनुष्य जातिबाहेक अन्यको भय नहुने तथास्तु बरदान पाएको थियो । अब उसलाई अरूस“ग नमर्ने बर पायो बा“की वानर र मनुष्य जातिस“ग उसलाई डर, चिन्ता नै थिएन किनकि यी दुई जातिलाई रावणले तृणबराबर पनि सोचेको थिएन । किनभने ऊ अत्यन्तै बलवान हुनुको अलावा दश महाविद्याको साधक भएकै कारण ज्ञानको समेत घमण्ड थियो । त्यसैले रावणलाई दशमुखी, बीसवाहु, बल र ज्ञानको साधक, यति मात्र होइन कि कुवेरबाट लङ्का हरण गरेर लिइसकेपछि त धनको समेत उसमा कुनै अभाव भएन ।
यति मात्र कहा“ हो र ऊ त युगान्तकारी कालीगढ आजभोलिको भाषामा इन्जिनियर मय दानवको छोरी मन्दोदरी उसकी अर्धाङ्गिनी थिइन् । अब रावणमा धन, बल, विद्या र सीप यी चारै ऐश्वर्यको कमी रहेन । संसारमा जम्मा सात ऐश्वर्यहरू हुन्छन् । कृति श्री, स्मृति, वाणी, मेघा, घृती र क्षमा थिए । बा“की तीनको उसले ख्याल गर्नै सकेन । रावणमा हदैसम्मको उन्माद देखापर्न लाग्यो । राजनीतिको उच्च बिन्दुमा हु“दाको पदीय घमण्ड, धन, बल र सीपको त्रिवेणीको पेरिफेरिमा जिउन थालेको रावणमा अचाक्ली उन्माद हु“दै आएको थियो । जसरी सामान्य राजनीतिक दलको हैसियतमा सदस्यता ग्रहण गरेको सामान्य जनताको पृष्ठभूमिबाट माथि उठेर स्थानीय जनप्रतिनिधिको हैसियतबाट एक्कासि मन्त्री र प्रधानमन्त्रीसम्मका हैसियत कायम गर्न सफल देखिएका आजका प्रतिनिधि पात्रहरू जसरी रावण उन्मादको सीमा पार गरेर आफूलाई सर्वश्रेष्ठ सावित गर्न चाहन्थ्यो त्यसरी नै केही यस्ता प्रतिनिधि पात्रको उन्मादले हाम्रो समाजमा विशृङ्खलता उत्पन्न गर्ने सङ्केत देखापर्न थालेको महसुस गर्न सकिन्छ ।
क्षणिक पद र प्रतिष्ठामा खुसी रहनेहरूले सामाजिक उन्नति गर्न सक्दैनन् । राजनीतिलाई लिने र दिने साधन बनाउनेहरूले वास्तवमा नीतिको पनि नीति राजनीतिलाई व्यापार सम्झेका छन् । पदमा पुग्ने र कमाइ गर्ने अभीष्ट बोकेकाहरूलाई समेत चेतना रहोस्– वास्तवमा पदलाई व्यापार गर्ने र कमाउने मात्रै हो भने कमाउन मात्रै त आलु र प्याज बेच्ने हो भने पनि कमाउन सकिन्छ । धन कमाउनका लागि किन राजनीतिमै लाग्नुप¥यो ? बरु समयमै व्यापार गरेर कमाउन थाल्दा त घृणाको पात्र त बन्नुपर्दैन ।
उच्चस्थान हासिल गर्नुपूर्व अत्यन्त न्यूनकोटिको स्वाभाव प्रकट गर्नसमेत पछि नहट्ने । अत्यन्त द्रवित र घृणित स्तरको झुकावसमेत प्रस्तुत गरेर राष्ट्र, राष्ट्रियता र जनताको हकहितविपरीत विभिन्न किसिमका सम्झौतासमेत गर्न पछि नपर्ने प्रवृत्ति आफै“मा एउटा तल्लोस्तरको रावण अभिव्यक्ति हो । सियो बनेर पस्ने र फाली भएर प्रस्तुत हुने घटिया प्रवृत्ति । जनतालाई नोकर र सेवकभन्दा माथिल्लो दृष्टिकोणबाट हेर्नसमेत नसक्ने मनोवृत्ति आफै“मा सामन्त सोचको पराकाष्ठा हो । अत्यन्त छोटो अवधिका लागि ग्रहण गरेको पद, पदावलीलाई समेत थेग्न नसकेर राजा र राजकुमारहरूको जस्तो सदासर्वदा पुस्तैनी प्राप्त हुने राज्यसत्ता र सिंहासन सम्झने मनोदशाले अभिप्रेरित नेतृत्वबाट राज्य र जनताको स्तरोन्ति होइन पद, बल र सम्पत्तिको आडमा लोकतन्त्रको आवरण भिरेर जहा“निया तन्त्रतर्फ उन्मुख भएका हाम्रा नेतृत्वले आफ्नो उत्तराधिकारी चयन गर्ने र सदासर्वदा पदीय हैसियत कायम राख्ने प्रवृृत्तिभन्दा माथि उठ्नै नसक्ने मनोभाव प्रकट गरेको महसुस हुन्छ । पुस्तैनी अविछिन्न उत्तराधिकारी चयन गरेर जनतालाई रैतीभन्दा माथि उठ्नै नदिने किसिमको कार्यविवरण जताततै देख्न, सुन्न र अनुभव गर्न सकिन्छ । पदमा पुग्नुअगावै नेतृत्वलाई बोल्न, छुन र भेट्न सक्नेसम्मको अवस्थामा रहेकाहरू पद प्राप्तिपछि तिनै प्रकारका व्यवहारबाट मुक्त भएर दलाल र एजेन्टहरूलाई अगाडिपछाडि लाएर उनीहरूकै घेरामा मस्त हुने गरेको इतिहासले के सावित गर्दछ भने त्यस्ता नेतृत्व, नेतृत्व नभएर भ्रातृत्व र पितृत्वलाई मुख्य केन्द्र बनाएर कमाउ र मोजमज्जा गर भन्ने प्रवृत्तिबाट ग्रसित मनोरोगी मात्र हुन् भन्दा फरक नपर्ला ।
लङ्का सवार नगरुन्जेल राम र विभीषण चरित्रमा देखापर्नेहरू लङ्का प्राप्ति हुनासाथ रावण बन्ने गरेका धेरै दृष्टान्ट छन् । यी सबै दृष्टिगोचर गरिसकेका श्रद्धेय पाठक वर्गमा म के अवगत गराउन चाहन्छु भने यस्ता प्रवृत्तिबाट यदाकदा कोही कसैलाई फाइदा पुगे तापनि अधिकांश जनता र देशलाई कालान्तरसम्म धोकाधडी हुने हुनाले यस्तो रावणजस्तो दानवीय चरित्रमाथि बेलैमा निगरानी राख्नु र उनीहरूमाथि सहजै विश्वास नगरी विभीषण र राम चरित्रलाई अगाडि बढाउने मनोवृत्ति हामीभित्र रहन सके भलै हामी कसैलाई व्यक्तिगत मुनाफा नभए तापनि समाज र साधारण जनताको स्तरमा उन्नति हुन सक्ने विषयमा चिन्तित बनिरहनुपर्दैन । क्षणिक पद र प्रतिष्ठामा खुसी रहनेहरूले सामाजिक उन्नति गर्न सक्दैनन् । राजनीतिलाई लिने र दिने साधन बनाउनेहरूले वास्तवमा नीतिको पनि नीति राजनीतिलाई व्यापार सम्झेका छन् । पदमा पुग्ने र कमाइ गर्ने अभीष्ट बोकेकाहरूलाई समेत चेतना रहोस्– वास्तवमा पदलाई व्यापार गर्ने र कमाउने मात्रै हो भने कमाउन मात्रै त आलु र प्याज बेच्ने हो भने पनि कमाउन सकिन्छ । धन कमाउनका लागि किन राजनीतिमै लाग्नुप¥यो ? बरु समयमै व्यापार गरेर कमाउन थाल्दा त घृणाको पात्र त बन्नुपर्दैन ।
जनताको इच्छा, आकाङ्क्षा र स्वतन्त्रताको व्यापार गर्नेहरूलाई भविष्यले क्षमा दिनेछैन । सावधान ! जनता रैती होइनन् र जनार्दन हुन् भन्ने सबक आगामी चुनावी परिणामले देखाउन सक्नु अबको लोकतान्त्रिक अभ्यासको मूल मर्म नै हो । लोकतन्त्र नेतृत्वको चाकडी गरेर बक्सिस पाउने व्यवस्था होइन लोकोन्मुख, जनमुखी व्यवस्था हो । यहा“ जनता नै सर्वोपरि हुने गर्दछन् । जनताको हितविपरीत र नाताको हित गर्नेहरू कदापि लोकतान्त्रिक हुनै सक्दैनन् । त्यसैले अहिले मौलाइरहेको रावण प्रवृत्ति नितान्त लोकहितविपरीत छ । जनता अब बाहुबलको व्यवस्था स्वीकार गर्दैनन् । बुद्धि र विवेकशील जनमुखी जनपरिचालित शासन व्यवस्था चाहन्छन् । जबसम्म जनतामा चेतना पूर्ण रूपमा विकसित हु“दैन तबसम्म रावणको राज्य रहला । जब जनतामा पूर्ण योजना साकार हुन्छ तब विभीषण र रामहरू सफल हुनेछन् । कुवेरको भण्डारको दुरुपयोग त्यतिबेला मात्र रोकिएला जब जनार्दन बन्ने अवसर जनताद्वारा नै स्थापित गर्न सक्लान् ।
नाम मात्रको लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र जे भनिए तापनि यो वास्तवमा नै रावणतन्त्र हो । यसको अघिल्तिर रामायणको व्याख्या र विवेचनाबाहेक रामायणको त कल्पनै गर्न सकि“दैन । राम रावणका ठीक विपरीत चरित्र हुन् । राम सेवामुखी थिए भने रावण सेवाका भोखा थिए । रावण संसारका सम्पूर्ण चिजवस्तु आफ्नो भोख टार्ने र उद्देश्य पूरा गर्ने साधन मात्र हुन् भन्ने सोचबाट ग्रसित थिए । त्यसको छनक विभिन्न गुट–उपगुटरूपी राजनीतिक चरित्रबाट देखापर्न थालिसकेको छ । किनभने जसरी रावण आफ्नो घर, परिवार, भाइबन्धु र श्रीमती स्वयम्बाट असावधानी र असहयोगको सिकार भए त्यसरी नै आ–आफ्नैबीच गुट र उपगुटरूपी असहयोग र असावधानी नै उनीहरूको अन्त्य हुने प्रमुख लक्षण सुरु हुन थालिसकेको छ । रावणले चाहेको सहयोग विभीषणले पूरा गरिदिएको भए श्रीमती मन्दोदरीबाट असावधानीपूर्वक फुस्किएको गोप्यता, भाइ कुम्भकर्णले असावधानीपूर्वक पाएको बरदान आदि सम्पूर्ण असहयोगी सिद्ध भएको समयले समेत के कुराको प्रस्टीकरण दिएको छ भने वास्तवमा समय नै सबैभन्दा बलवान हुने देखिन्छ । समय बलियो भएको अवस्थामा जोसुकै पनि बलिया सावित हुने रहेछन् र समय कमजोर हु“दै आएपछि सबै नै कमजोर हुने रहेछ भन्ने कुरालाई यसले पुष्टि गर्दछ । जसरी रावणको क्षमता समय चक्र बलवान भएको अवसरमा अझ परिस्कृत बनेर खारि“दै गएको देखिएको थियो । सोही रावण समयको गति स“गस“गै गतिहीन साबित भएको थियो ।
त्यसैले शास्त्रले व्याख्या गरेजस्तै रावणजस्तो दृस्चरित्र भएको व्यक्ति इच्छाअनुसारको मनोरथ प्राप्त गर्दथ्यो भने बा“की संसारको परिकल्पनासमेत गर्न सकि“दैन थियो होला । सुरुमा उल्लेखित रामायणको श्लोकले व्याख्या गरेजस्तो बाघ, दुर्जन र सर्पको मनोरथ भनेको हमेसा अर्कालाई दुःख दिने नै हो । उनीहरूको मनोरथ प्रकृतिले नै पूरा हुन दि“दैन । अन्यथा दुर्जनहरूको मात्र अखण्ड संसार बन्नेछ । समाज र देशका दुर्जन र गलत चरित्र भएकालाई बाघ र सर्पको संज्ञा दिएको यस शास्त्रको सार भनेको समाजमा गलत तŒव नभए सही तŒवको उदय ह“ुदैन । त्यसैकारण कृष्णले द्वापरयुगको अन्त्यतिर महाभारतको युद्धमा भनेका छन् ‘धर्मसंस्थापर्नाथाय संभावामी युगे, युगे ।’ धर्मको अथवा सत्कर्मको पुनस्र्थापनाका लागि मेरो जन्म युगयुगमा हुनेछ भन्नुको तात्पर्य अधर्म वा दुष्कर्मको परिणामले नै सत्कर्म वा धर्मको स्थापनार्थ हरेक युगमा महापुरुषहरूको उदय सुनिश्चित छ । त्यसैले लेखकको आग्रह भनेको लङ्का सवारका लागि निर्मित पुल सेतुबन्दे रामेश्वरम् रावणका लागि नभएर रामका लागि र राम चरित्रका राजनीतिज्ञका लागि मात्र बन्न सकोस् । लोकतन्त्ररूपी सेतु हालको मूल्याङ्कन गर्दा रावण बन्नका लागि सावित भएकाले यस्ता जननिर्मित जनमुखी पुल राम चरित्रका लाग सिद्ध बनोस् । अस्तु ।
(लेखक आर्यावर्त (भारतवर्ष) युवा समाजका अध्यक्ष हुन् ।)
प्रतिक्रिया