लटिनाथ विद्यालयको कायापलट गरिँदै

लटिनाथ विद्यालयको कायापलट गरिँदै


12 Pr Final

दार्चुलास्थित लटिनाथ माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गर्न मित्रराष्ट्र भारतले दुई करोड ६० लाख सहयोग उपलब्ध गराउने भएको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत साना विकास परियोजना शीर्षकमा उपलब्ध हुने सो सहयोगसम्बन्धी सम्झौतामा भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, दार्चुलाका स्थानीय विकास अधिकारी सहदेव रायमाझी र विद्यालयका प्रधानाध्यापक केशवराज विष्टबीच गत शुक्रबार त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

दार्चुलाको रिठाचौपाटामा सन् १९५५ मा प्राथमिक स्कुलको रूपमा स्थापित लटिनाथ विद्यालयलाई सन् २००८ मा माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको थियो । निकै वर्ष पुरानो विद्यालय भवनको संरचना समयसुहाउँदो र विद्यार्थीको चाप थेग्न नसक्ने अवस्थामा रहेको परिवेशमा भारत सरकारको सहयोगमा नयाँ बन्ने भवनले त्यहाँ अध्ययनरत करिब नौ सय छात्रछात्रा र शिक्षकलाई निकै सुविधा उपलब्ध गराउने अपेक्षा स्थानीय अभिभावकले गरेका छन् । सहयोगसम्बन्धी सम्झौतापत्रमा आगामी पन्ध्र महिनाभित्रै विद्यालय भवन बन्नुपर्ने उल्लेख भएबाट लटिनाथ माविले हालको दुरावस्थाबाट छिट्टै त्राण पाउने विश्वास एकातिर लिइएको छ भने अर्कोतिर विद्यालयको सुविधाजनक माहोलका कारण अध्ययन–अध्यापनमा पनि विगतको तुलनामा प्रगति हासिल हुने अनुमान गरिएको छ । यसका लागि स्थानीय अभिभावकले भारत सरकारप्रति कृतज्ञता प्रकट गरेका छन् ।

दार्चुलामा यसअघि भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत दुई आयोजना सम्पन्न भइसकेका र करिब एघार करोडका चार परियोजना निर्माणाधीन छन् । जिल्लावासीलाई स्वास्थ्यसेवा हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले दुईवटा एम्बुलेन्स पनि भारतले उपहारस्वरूप प्रदान गरेको छ ।
यसअघि पाल्पाको एक विद्यालयलाई भारतीय राजदूतावासले एउटा बस सहयोग गरेको छ । रामपुर पाल्पास्थित भूपू सैनिक राइजिङ इंग्लिस स्कुललाई उपहारस्वरूप ३३ सिट क्षमताको बस प्रदान गरिएको हो । टाढाका विद्यार्थीलाई दैनिक आवतजावत गर्न समस्या भएको भन्दै विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, शिक्षकलगायतको अनुरोधपछि सो विद्यालयलाई बस सहयोग गरेको भारतीय दूतावासले जनाएको छ ।

राजदूत सम्मानित

12 pr bageshwori

भारत सरकारले नेपालको विकासका लागि महŒवपूर्ण योगदान पु¥याएको र त्यसमा नेपालका लागि भारतका राजदूत रञ्जित रायले विशेष भूमिका निर्वाह गर्नुभएको भन्दै नेपालगञ्जमा राजदूत रायको अभिनन्दन गरिएको छ । नेपालगञ्जमा मधेसी नागरिक समाजले दोसल्ला तथा सम्मानपत्रका साथ उहाँको स्वागत–अभिनन्दन गरेको हो ।

सो अवसरमा नागरिक अभिनन्दनमा वरिष्ठ अधिवक्ता विजय गुप्ताले नेपालगञ्जको विकास र मधेसी समुदायको उत्थान, विकास एवम् जिल्लाको समस्याबारे जानकारी गराएका थिए भने उक्त अवसरको उपयोग गर्दै नेपाल–भारत मैत्री सङ्घले दुवै देशको सम्बन्धलाई सुमधुर बनाउन आगामी दिनमा गर्न सकिने कार्यबारे राजदूतलाई जानकारी पत्र पेस गरेको थियो । यस्तै, बर्दिया उद्योग वाणिज्य सङ्घ, व्यापार सङ्घ, नेपाल–भारत मैत्री सङ्घले बर्दियाका विविध समस्यासहितको ध्यानाकर्षणपत्र बुझाएको थियो । मधेसी नागरिक समाजका मेराज हिमाल, प्रदीप गुप्ता, ललित रौनियार, रेखा गुप्तालगायतका सदस्यको उपस्थिति रहेको अभिनन्दन कार्यक्रममा समाजका अध्यक्ष आशिष गुप्ताले राजदूत रायलाई नेपालगञ्जमा समाजको तर्फबाट स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रका मधेसी समुदायले भोग्दै आएको समस्या निराकरण तथा विकास–निर्माणका कार्यमा थप सहयोग प्रदान गर्न आग्रह गरेका थिए ।