परेवा उडानमा गोरखको कीर्तिमान

परेवा उडानमा गोरखको कीर्तिमान


परेवा उडानमा गोरख

१७औँ परेवा उडान प्रतियोगितामा दिवंगत राजा वीरेन्द्रका ज्वाइँ गोरखशमशेर राणा राष्ट्रिय कीर्तिमानसहित उपाधि हात पार्न सफल भएका छन् । गोरखले १३औँ परेवा उडान प्रतियोगितामा आफ्नै परेवाले राखेको ३२ घन्टा ५९ मिनेट उडानको राष्ट्रिय कीर्तिमानको समयमा ३२ मिनेटले सुधार गर्दै ३३ घन्टा ३१ मिनेटका साथ नया“ राष्ट्रिय कीर्तिमानसहित उपाधि हात पार्न सफल भएका हुन् । उनले नगद २५ हजारसहित केयुरशमशेर रनिङ सिल्ड र मेडल प्राप्त गरे । करिब चार लाख मूल्यबराबरको चा“दीको परेवाको केयुरशमशेर रनिङ सिल्ड गोरखले नै आफ्ना पिता केयुरशमशेर राणाको स्मृतिमा ०६९ सालमा स्थापना गरेका हुन् ।

१६औँ संस्करणमा मधु घिमिरेको परेवाले ३० घन्टा ४३ मिनेट उडानका साथ प्रथम र गोरखशमशेर राणाको परेवाले २३ घन्टा ५० मिनेट उडानका साथ दोस्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा भक्तपुर ठिमीका वीरेन्द्र श्रेष्ठ ३३ घन्टा ४ मिनेटका साथ दोस्रो र ठिमीकै रविन महर्जन २९ घन्टा ९ मिनेटका साथ तेस्रो भए । उनीहरूले नगद १५ र १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै काठमाडौका रवीन्द्र महर्जन चौथो, दिप्तराज जोशी पा“चौँ र पुष्प महर्जन छैटौँ स्थानमा रहे । उनीहरूले क्रमशः नगद ५, ४ र ३ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट परेवाको उपाधि बानेश्वरका उज्ज्वल रिमालले हात पारे । प्रतियोगितामा सहभागी एक सय ८९ परेवालाई पछाडि पार्दै उनको एक परेवाले ८ घन्टा ५२ मिनेटको उडान गर्दै उत्कृष्ट भएको थियो । उनले पहिलोपटक स्थापित स्व. विष्णुभक्त उत्कृष्ट परेवा रनिङ सिल्ड र मेडलसहित नगद ५ हजार प्राप्त गरे । घनश्याम श्रेष्ठले परेवाका सौखिन विष्णुभक्त श्रेष्ठको स्मृतिमा करिब दुई लाख ५० हजारको एक तोला सुनको लकेटसहितको चाँदीको परेवा निर्माण गरी उक्त रनिङ सिल्ड स्थापना गरेका हुन् । विजयीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलगायतले पुरस्कार वितरण गरेका थिए ।

४० प्रतिस्पर्धीले नाम दर्ता गराएकोमा २७ प्रतिस्पर्धीले प्रतियोगितामा सहभागिता जनाएका थिए । २७ प्रतिस्पर्धीबाट उत्कृष्ट ६ प्रतिस्पर्धीलाई दोस्रो चरणमा प्रतिस्पर्धा गराई पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ घोषित गरिएको थियो । प्रतियोगितामा सहभागी प्रतिस्पर्धीमध्ये बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म एक प्रतिस्पर्धीको पा“च परेवाको उडान अवधिलाई गणना गरी कुल समय निकालिने र सवैभन्दा बढी समय उड्ने परेवापालकलाई विजयी घोषित गरिने आयोजकले जानकारी गराए । प्रतियोगितामा एक घन्टाभन्दा कम उडान गर्ने परेवालाई अयोग्य घोषित गरिने समेत आयोजकले जानकारी गराए ।