सरकारको सचिवमाथि घातक आक्रमण !

सरकारको सचिवमाथि घातक आक्रमण !


arjun_kumar_karki

कांग्रेस समर्थक भनी चिनिएका तर कांग्रेस सरकारमा हुँदा नै सर्वाधिक खेदिएका सचिव अर्जुन कार्कीमाथि विप्लव नेतृत्वको माओवादी पार्टीका कार्यकर्ताले घातक आक्रमण गरेको समाचार प्राप्त भएको छ । हाल नेपाल ट्रस्टको सचिव रहनुभएका कार्कीमाथि माघ ७ गते शुक्रबार कार्यालयबाट आफ्नो घरतर्फ जाँदा आक्रमण भएको हो । उहाँ सानेपास्थित आफ्नो निवासमा पुग्नै लाग्दा कार्कीले प्रयोग गर्ने गर्नुभएको बा.१२च ७५७१ नम्बरको गाडी रोकी माओवादी कार्यकर्ताले उहाँमाथि क्रिकेट ब्याटले प्रहार गरेका थिए ।

प्रहारबाट घाइते हुनुभएका कार्कीलाई बचाउन खोज्दा उहाँको गाडीचालकले पनि पिटाइ खाएको बुझिएको छ । आफ्नै घरछेउमा त्यसरी घातक आक्रमणको सिकार बन्नुपर्ला भन्ने सोच्दै नसोचेको अवस्थामा अप्रत्यासित हमला भएपछि उहाँ ‘बचाउ–बचाउ’ भन्दै चिच्याउनुभएको थियो । कार्की र उहाँका चालक दुवैले चिच्याएर गुहार लगाउन थालेपछि माओवादी कार्यकर्ताहरू चुपचाप त्यहाँबाट हिँडेका थिए । त्यस घटनामा कार्कीले प्रयोग गर्नुभएको गाडीमाथि पनि क्षति पुगेको बताइएको छ ।

कार्की पहिले सहरी विकास मन्त्रालयको सचिव हुनुहुन्थ्यो र त्यसबेला भूकम्पपीडितका लागि त्रिपाल खरिद गर्दा कार्कीले व्यापक भ्रष्टाचार गरेको भन्ने रिपोर्टका आधारमा माओवादीले त्यस किसिमको कारबाही गरेको जानकारीमा आएको छ ।