जन्मोत्सव मनाउन जम्बो समिति

जन्मोत्सव मनाउन जम्बो समिति


Komal Shah

पूर्व श्री ५ बडामहारानी कोमलको ६७औँ शुभजन्मोत्सव आगामी फागुन ६, ७ र ८ गते भव्यताका साथ मनाइने भएको छ । त्यसका निम्ति ज्योत्स्ना राज्यलक्ष्मी थापाको अध्यक्षतामा २५६७ सदस्यीय शुभजन्मोत्सव नागरिक मूल समारोह समिति गठन भएको छ । जसको सहअध्यक्षमा सांसद गीता क्षेत्री राणा, भेषराज्यलक्ष्मी सिंह, इन्दिरा मल्ल, रीना तुलाचन, किशोरी महतो र डा. मञ्जुरत्न शाक्य रहेका छन् भने उपाध्यक्षहरूमा कमला शर्मा, सहेन्द्र वान्तावा, मा. परशुराम तामाङ, जगदीश खड्का, रामकृष्ण पन्त, प्रा.डा. उषा ठाकुर, ऋषिबाबु परियार, जमुना शेरचन, राजाराम श्रेष्ठ, दइन्द्रबहादुर ठकुरी, धु्रव महर्जन, तारानाथ लुइँटेल, कान्छा गुरुङ, प्रा.डा. गार्गी शर्मा, शेषचाँद तारा, प्रमिला सिंह, अधिवक्ता विष्णु भट्टराई, अनिल बस्नेत, राम राई, शुभद्रा विश्वकर्मा, मीरा राणा, घनेन्द्रबहादुर बस्नेत, मणिराज तामाङ, टंकबहादुर श्रेष्ठ, सदयशमशेर जबरा, केशव भण्डारी, डा. अञ्जु शाह सिंह, विक्रमबहादुर बम, शङ्कर पौडेल र सुमित्रा मधिकर्मी रहेका छन् । समितिको महासचिवमा राधेश्याम थापा तोकिनुभएको समाचार सूत्रले जनाएको छ ।