गण्डक सम्झौता

गण्डक सम्झौता


sn-karki-5

■ स्वयम्भूनाथ कार्की

‘म प्रधानमन्त्री भइसकेपछि मुख्य समस्या थियो गण्डक सम्झौताको ।’ अनि ‘गण्डक सम्झौताको पूरा जिम्मेवारी आपूmमा लिन्छु । यो कुरा अमूक मन्त्रीले ग¥यो, मैले थाहा पाइनँ म भन्दिनँ, मैले कुरा बुझेर त्यो गरेँ ।’ परिच्छेद ४९मा गण्डक सम्झौताबारे बीपीको जिम्मेवारी वहनको स्वीकारोक्तिका भनाइ हुन् । आलोचित भएका नदी सम्झौताहरूको शृङ्खलाको दोस्रो कडी मानिन्छ यो गण्डक सम्झौता । कोसी सम्झौताले नेपाललाई सप्तकोसी नदीमा पुलबाहेक के दियो, गण्डक सम्झौताले नेपाललाई के फाइदा–बेफाइदा ग¥योे भन्दा गण्डक सम्झौता कसरी भयो भन्ने कुरा यहा“ चर्चा गर्न खोजिएको हो । गण्डक सम्झौताको सम्पूर्ण जिम्मेवारी बीपीले स्वीकार गरे पनि रोचक कुरा त के हो भने त्यो सम्झौतामा हस्ताक्षर हु“दा बीपी आपूm उपस्थित भएनन् । त्यही हस्ताक्षर हुने समयमा राजालाई सेतोदरबारमा कविगोष्ठी आयोजना गराएर त्यो गोष्ठीमा गए ।

गण्डक सम्झौता धेरै वर्षदेखि लम्बिरहेको थियो, त्यसैले यसलाई चा“डै छिनिदिनु उपयुक्त हुन्छ भन्ने बीपीलाई लाग्यो । त्यसमा सम्बन्धित मन्त्रीलाई हेर्न लगाएर मात्र पुगेन, राजनीतिक पक्ष आपैmँले हेर्ने निक्र्योल गरे । इन्जिनियरहरूसँग पनि छलफल गरे । बीपीको सोचमा त्यतिखेर नेपालले आफ्नो हित हेर्नुपर्ने कुरा पानी र बिजुली थियो । इन्जिनियरहरूले सल्लाह दिएको सिँचाइ हुने क्षेत्रफलमा एक लाख बिघा थप्न भने । तत्कालीन अवस्थामा नेपालको क्षेत्रमा त्यति सिँचाइ हुने भूभाग थिएन, किनभने बा“ध तल थियो । इन्जिनियरहरूले यही कुरा बीपीलाई भने । बीपीले यसलाई मानेनन् र अहिलेलाई त्यो प्रावधान राख्न नै भने । पश्चिमतर्पm चालीस हजार एकड र पूर्वतर्पm एक लाख एकड सिँचाइ गर्ने प्रावधान राखियो । त्यतिखेर तत्काल नभए पनि भविष्य हेरेर राखिएको थियो । पूर्वतर्पmको पानीको यो भाग नेपालले उपभोग गर्न नसक्नु सम्झौता गर्दाको बेलाको त्रुटि भन्न ठीक नहोला ।

भारतीय पक्षले पेस गरेको मस्यौदामा मुख्य यो एक लाख बिघा थप्ने र अरू सामान्य फेरबदल गरेर मन्त्रिमण्डलले पास ग¥यो र त्यो मस्यौदा भारतीय पक्षलाई फिर्ता पठायो । गण्डक सम्झौतामा यत्तिको मिहिनेत गर्दा पनि पुस्तक रेकर्ड गराउने बेलामा बीपी अलि धरमराएका देखिन्छन् । भन्छन्, ‘मैले त्यसलाई हतारमा गरेँ कि गरिनँ, त्यो अर्कै कुरा हो, मैले गल्ती गरेँ वा मलाई जो सल्लाह प्राप्त भयो त्यो गल्ती भयो कि के भयो ।’ आपूmले गरेको काम पछि आफूले नै यसो भन्न सक्नु पनि ठूलो साहसको कुरा हो । त्यसबेला उपलब्ध जानकारी सरसल्लाह आदिको आधारमा आपूmले सही निर्णय लिएको मान्ने तर्क राख्दा पनि त्यो आलोच्य सम्झौताको जिम्मेवारी आपूmले लिन्छन् । यस्तो अभिव्यक्तिले के पनि देखाउँछ भने कालान्तरमा आपूmलाई आपँैmले मूल्याङ्कन गर्दा भने यो कामलाई उनले पनि सम्पूर्ण ठीक भने देखेनन् ।

किताबमा बीपीले धेरै कुरामा राजासँग पनि सल्लाह गर्ने गरेको उल्लेख गरेका छन्, त्यस्तै धेरै कुरामा राजासँग सल्लाह नगरेका प्रसङ्ग पनि छन् । यही कुरा उनका साथी, सहयोगीको हकमा पनि लागू हुन्छ । कति कुरा सल्लाहले गर्दथे भने कति कुरा एक्लो निर्णय हुन्थ्यो, कुनै–कुनै कुरा त साथी–सहयोगीले भनेको विपरीत पनि गर्ने गर्दथे । यो एक नेतामा हुनुपर्ने गुण नै हो कि उसमा यस्तो निर्भीकता देखियोस् । हुनत नेतृत्वमा सबैको कुरा सुनेर आफ्नो निर्णय गर्ने धेरै सफल हुन्छ भनेर भनिन्छ । एउटा भनाइ प्रचलित छ, ‘सल्लाह सबको निर्णय आफ्नो’, तर बीपीको उचाइको नेतालाई कहिलेकाहीँ साहसिक निर्णय पनि लिनुपर्ने हुन्छ । जे होस्, उनले यो मस्यौदाबारे राजालाई जानकारी गराएनन् ।

बीपीकै शब्दमा ‘राजाले केही न केही खिचलो गरिरहन्थे’, उनको दृष्टिमा यसमा पनि खिचलो गरे । यो सा“च्चै खिचलो थियो वा बीपीले ध्यान पु¥याउन छुटाएको कुरामा ध्यानाकर्षणको प्रयत्न त्यो विवादमा नपरी भन्ने हो भने राजाले यो सम्झौतामा रुचि लिए । गोदावरी घुम्न जाने भनेर बीपीलाई गोदावरीको आफ्नो क्याम्पमा लिएर गए । राजाका ससुरा हरिशमशेर बाटोमा बिन्तीपत्र लिएर बसेका थिए । तर, राजा त्यतिखेर उनको कुरा सुन्न रोकिएनन् । यस घटनाले बीपीको मनमा आपूmलाई दबाब दिने प्रयत्न भएको लाग्यो भने त्यो मानवीय स्वभाव हो । गोेदावरी क्याम्पमा चियाको टेबुलमा राजाले गण्डक सम्झौताको कुरा उठाए । के–के हुन लागेको छ भनेर सोधे, बीपीले सबै कुरा बताइदिए । राजा गण्डकको नक्सासहित गएका रहेछन् । बीपीका अनुसार उनले त्यसबेला नेपालको माछा मार्ने हकको कुरा पनि उठाउनुपर्छ भनेर सल्लाह दिए । उनलाई लाग्यो अरू धेरै महत्वपूर्ण कुराहरू केही नभएकाले राजाले माछा मार्ने हकको कुरालाई खोचे थापे ।

यहा“नेर केही कुरा भुलिएको भान हुन्छ, माछा मार्ने हकको कुराको निमित्त गण्डकको नक्सा पैmलाउन आवश्यक नै थिएन । त्यसै पनि बीपीको दृष्टिमा त्यो महत्वहीन कुरा थियो । शङ्का गर्ने ठा“उ पाइन्छ, सम्भवत पूर्वी नहर नेपालले उपयोग गर्न नसक्ने कुरा पनि भएको थियो कि ? क्याबिनेटको स्वीकृतिले पठाएको मस्यौदा भनेर थप संशोधन भारतीय राजदूतले मानेन । बीपीसँगको उसको वार्ता ठाडो थियो, त्यसैले सम्झौतामा हस्तक्षर हुने बेलामा बीपी गएनन् । सम्झौताहरूमा सामान्यतया हस्ताक्षर भइसकेपछि पनि कुनै विधिले संशोधनका प्रावधान हुन्छन् भने मस्यौदामा नै भारतीय राजदूतले आफ्नो कूटनीतिक व्यवहार कायम राख्न नसक्नु अनौठो लाग्छ । त्यसैले यो कुरा माछा मार्ने हकमा मात्र सीमित थिएन कि भन्ने देखाउँछ । जे होस्, मस्यौदामा थप कुनै हेरफेरबिना हस्ताक्षर भयो । बीपीको दृष्टिमा राजाले गर्दा यसरी भारतसँग उनको सम्बन्ध बिग्रियो ।