प्रधानसेनापतिद्वारा भूपू सैनिकको प्रशंसा

प्रधानसेनापतिद्वारा भूपू सैनिकको प्रशंसा


222

प्रधानसेनापति राजेन्द्र क्षत्रीले राज्य सङ्कटमा पर्दा विगतमा नेपाली सेनाले बगाएको रगत–पसिनाको कारण राष्ट्रिय अखण्डतामा आँच नआएको र देशलाई सङ्कट परेको बखतमा भूतपूर्व सैनिकले पु¥याएको योगदानलाई इतिहासमा सुनौलो अक्षरमा लेखिएको बताउनुभएको छ । कैलालीको धनगढीस्थित तेघरी ब्यारेकमा गत २१ गते सञ्चालन भएको ‘नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन (सुदूरपश्चिम)–२०७३’लाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले सेनाको कल्याणकारी कार्यक्रमहरूलाई विकेन्द्रित गर्दै हिताधिकारीहरूको घरदैलोसम्म पु¥याउन ठोस कदमहरू चालिएको दाबी गर्नुभयो ।

सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सम्मेलनमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत पर्ने नौ जिल्लाका करिब दुई हजार भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको उपस्थिति रहेको थियो । सम्मेलनको क्रममा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, वहालवाला सैनिक तथा तिनका परिवार एवम् गैरसैनिक व्यक्तिहरूसमेत गरी करिब २३ सयजनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको सैनक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।