ओलीलाई अमेरिकामा भव्य स्वागतको तयारी

ओलीलाई अमेरिकामा भव्य स्वागतको तयारी


KP-oli

प्रवासी नेपालीहरूको एमालेसमर्थित सङ्गठन प्रवासी नेपाली समाजद्वारा आयोजना गरिने विशेष सम्मेलनमा मुख्य अतिथिका रूपमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली संयुक्त राज्य अमेरिका जानुहुने भएको छ । आउँदो महिना (मार्चमा) बाल्टिमोरमा आयोजना हुने सम्मेलनमा भाग लिन ओली अमेरिका जान लाग्नुभएको हो । ओलीको भव्य स्वागतका लागि आयोजकहरूले अहिलेदेखि नै तयारी सुरु गरिसकेका छन् भने अमेरिकाका लागि एमाले राजदूत अर्जुन कार्कीले ओली भ्रमणको सम्पूर्ण खर्च व्यवस्थापन गर्ने भएका छन् । बाल्टिमोरको कार्यक्रममा सहभागी भएपछि अध्यक्ष ओली अन्य केही राज्यहरूमा आयोजना गरिने विशेष कार्यक्रममा पनि भाग लिन जानुहुने भएको छ । ओलीको भ्रमणमा करिब पच्चीस हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ र उक्त खर्चको व्यवस्थापन राजदूत अर्जुन कार्कीले गर्नुहुने बुझिएको छ ।