अन्ततः आइजीपीमा जयबहादुर चन्द

अन्ततः आइजीपीमा जयबहादुर चन्द


IGP जयबहादुर चन्द

अनेक अडकलवाजी र तीव्र संशयबीच सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ । आइतबार साढे आठ बजे सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चार प्रतिष्पर्धीमध्ये तेस्रो बरियता क्रममा रहेका चन्दलाई आइजीपीमा नियुक्त गरेको हो । पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अर्याल छन् । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको समय आइतबारबाटै सकिँदै छ ।

वालुवाटार सुत्रका अनुसार प्रधानमन्त्री प्रचण्डले पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई आइजीपी बनाउन चाहे पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तीव्र आग्रहमा चन्दलाई बनाइएको हो । बताइएअनुसार आइतबार अपरान्ह चार बजे क्याबिनेट बैठक राख्ने तयारी प्रधानमन्त्रीले गरे पनि कांग्रेस सभापति देउवाले विहानै बैठक राखेर चन्दलाई आइजीपी नियुक्त गर्न दबाब दिएका थिए । आइतबारकै मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरी प्रमुखका लागि तीन श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा दाबेदार थिए ।