नेपाली भाषा बचाउन सिन्धुपाल्चोकमा सङ्घर्ष समिति

नेपाली भाषा बचाउन सिन्धुपाल्चोकमा सङ्घर्ष समिति


नेपाली भाषा

नेपाली भाषा सम्पूर्ण नेपालीको सम्पर्क सेतु भाषा हो, तर यो भाषालाई नेपाल र नेपालीबाट क्रमशः विस्थापित गर्ने र भाषाप्रति वितृष्णा फैलाउने योजनाबद्ध दुस्प्रयास भइरहेकाले ‘नेपाली भाषा संरक्षण सङ्घर्ष समिति’ले सम्पूर्ण नेपाली भाषा प्रयोक्ताहरूमा जागृति–जागरणको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

नेपाली भाषा संरक्षण सङ्घर्ष समितिका केन्द्रीय संयोजक कवि एवम् साहित्यकार रामेश्वर राउत मातृदासको प्रमुख आतिथ्य र संयोजकमा ३७ सदस्यीय नेपाली भाषा बचाऊँ संरक्षण सङ्घर्ष समिति सिन्धुपाल्चोक शाखा गठन भएको छ ।

केदार खनालको संयोजकत्वमा गठित उक्त समितिका अन्य सदस्यहरूमा क्रमशः श्यामसुन्दर यादव, पे्रम भण्डारी, कमल राउत, केशव विष्ट, श्याम राउत, नवराज राउत, कुलबहादुर राउत, विष्णुबहादुर विष्ट, पद्मबहादुर घिमिरे, अनिल थापा, रीता राउत, रामशरण राउत, राजु सापकोटा, जयमान तामाङ, जयराम अर्याल, दीपक राउत, हीरामणि खनाल, नकुल चौलागाईं, अनिता तामाङ, कृष्णकुमार तामाङ, समीर तामाङ, कमल लामा, राजेन्द्रराज खनाल, धनबहादुर तामाङ, गणेशबहादुर राउत, मानबहादुर तामाङ, सानुमान तामाङ, मैत तामाङ, भूपेन्द्र थापा, शङ्कर खतिवडा, सोम तामाङ, बद्रीप्रसाद चौलागाईं, वसन्त गुरुङ, सागरकुमार श्रेष्ठ, श्री लामा, राजेश लामा, अर्जुन तामाङ रहेका छन् ।

सिङ्गो–सपाट नेपाली भाषालाई क्रमशः लेख्य मानकबाट कथ्यमा लाने डोड्याली, जुम्ली, खसलगायत विभिन्न आञ्चलिक र क्षेत्रीय भाषामा विभाजित गरेर नेपाली भाषालाई खण्डित–विखण्डित गर्ने षड्यन्त्रकाप्रति समितिले आपत्ति र रोष प्रकट गर्दै भाषामाथि हुने कुनै पनि षड्यन्त्र र बेइमानीलाई मूकदर्शक भएर नसहने प्रतिबद्धता जनाएको छ । नेपाली भाषा बचाऊँ संरक्षण सङ्घर्ष समितिको जिल्ला शाखा हालसम्म ३४ जिल्लामा गठन भइसकेको छ ।