राजा महेन्द्र र प्रधानमन्त्री बीपी केही घटना

राजा महेन्द्र र प्रधानमन्त्री बीपी केही घटना


sn-karki-shwoyembhunath

■ स्वयम्भूनाथ कार्की

पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापित गर्नुभन्दा पहिले बीपीले नेहरूको अनुमति लिए । नेहरूले भने, ‘अब नजिकैको पाकिस्तानसँग नगर्दा हाम्रै दबाबले नगरेको हो भनेर हामीलाई अप्ठ्यारो, तिमीहरूलाई पनि राम्रो हुँदैन । त्यो सम्बन्ध गरेकै असल छ ।’ यसले बीपीलाई पाकिस्तानसँग दौत्य सम्बन्ध जोड्न हरियो झण्डा देखायो । इजरायलसँग भने राजा त्यसबेला अरेबियन मुलुकको भ्रमणमा भएको हुनाले आफ्नो त्यो भ्रमण नसकिउन्जेल दौत्य सम्बन्ध नगर्न राजाले बीपीलाई पटकपटक आग्रह गरे । बीपीले त्यसमा ध्यान दिन आवश्यक नै ठानेनन् । यसलाई राजाको अनावश्यक हस्तक्षेप सम्झन पुगे । यो दौत्य सम्बन्ध स्थापित हुनेबित्तिकै राजाले अरेबियन मुलुकको भ्रमणलाई निरन्तरता दिन सक्ने वातावरण रहेन । कार्यक्रम बनिसकेको इजिप्टको भ्रमण बीचैमा रद्द गरेर फर्कनुप¥यो ।

भनिन्छ बीपी र राजा महेन्द्रको अनौठो सम्बन्ध थियो । बीपीको नेतृत्वको सरकार भङ्ग गराएर सुन्दरीजलमा नजरबन्द राखेको समयमा पनि राजा महेन्द्रले बेलाबेलामा राजकाजमा बीपीको सल्लाह–सम्मती मागिरहेका हुन्थे भन्ने चर्चा पनि छन् । यसै किताबमा पनि त्यसको छनक पाइन्छ । परिच्छेद ५९मा एक रोचक घटनाको उल्लेख छ । बेलाइती राजदूत स्कोप्स आफ्नो कार्यकाल समाप्त गरेर जान लागेको बेलामा सुन्दरीजलमा बीपीलाई भेट्न आए । बीपी भन्छन्, ‘दुई वर्ष भइसकेको थियो पञ्चायत व्यवस्था बनेको । तल्ला तहका पञ्चायत गठन भइसकेको थियो । त्यससम्बन्धी कानुनहरू पनि बनिसकेका थिए । तर, संविधान बनिसकेको थिएन ।’ यो संविधान बनाउन राजाले बीपीलाई पर्खेका थिए, उनी केवल पञ्चायत नाम कायम राखेर बाँकी सबै संविधान बीपीले नै आफ्नो सोचअनुसार बनाउन भन्ने चाहन्थे ।

यो कुराको प्रस्ताव बीपीसँग राम्रो सम्बन्ध भएको बेलाइती राजदूतमार्पmत बीपीसमक्ष पठाएका थिए । जो उसले बीपीलाई राजा भेट्ने आग्रहको साथमा कारणको रूपमा यसरी बताएको थियो । ‘राजा संविधान बनाउने मुडमा छन् । सोचिरहेका छन् संविधान बनाउन । तपाईं राजालाई किन मद्दत नगर्ने ? र, राजाले भनिसके, राजाको आफ्नो अहंकार हुन्छ । उनले पञ्चायत भनिसके । त्यसो हुनाले, उनलाई संविधानको नाम लेख्न दिनुस् र तपाईंले संविधानका प्रावधान लेख्नुस् । मेरो यस सुझाबमा तपाईं सहमत हुनुभयो भने म राजालाई भेट्न सक्छु, यद्यपि मैले हिजोको भेटघाटमा बिदा लिइसकेको छु । म काठमाडौंबाटको आफ्नो प्रस्थानलाई स्थगित गर्न सक्छु ।’ बीपीले यो कुरा मानेको भए के हुन्थ्यो भन्ने कुरा अहिलेसम्म विवेचन नै नभएको विषय हो । यदि यो हुन सकेको भए ०१९ सालको संविधान सम्पूर्ण रूपले नेपाली काङ्ग्रेस अझ बीपीले नै मस्यौदा गरेको हुने थियो वा अघिल्लो संविधानमै पनि केवल केही स्थानमा पञ्चायत उल्लेख गरेर संशोधन हुन पनि सक्ने थियोे कि ?

बीपीको प्रधानमन्त्रीको रूपमा भारत औपचारिक भ्रमणभन्दा पहिले राजाको देश भ्रमणमा बीपी पनि साथ गएका थिए । परिच्छेद ४६ मा यो घटनाको उल्लेख छ । राजाको भ्रमणमा नेपाली काङ्ग्रेसको झण्डा लिएर नजिक आएकाको झण्डा शेरबहादुर मल्लले फ्याँकेको कुरा उल्लेख छ । यहाँनेर बीपी अलि सङ्कुचित देखिएका छन् । नेपाली काङ्ग्रेसको झण्डा लिएर आउनेहरू कुनै न कुनै रूपले नेपाली काङ्ग्रेससँग पक्कै सम्बन्धित थिए होलान् । तिनीहरू बीपीको निर्देशनबाहिर जाने थिएनन् होला । राजा नेपाली काङ्ग्रेसका मात्र होइनन्, त्यसैले त्यहाँ राष्ट्रिय झण्डा हुन उपयुक्त हुने थियो । तर, बीपी यहाँ भन्छन्, ‘राष्ट्रिय झण्डा लिएर स्वागत गर्न आउने कुरा त हुँदैन थियो ।’ प्रधानमन्त्री नेपाली काङ्ग्रेसको अध्यक्ष पनि भएकाले बीपीको भ्रमणमा नेपाली काङ्ग्रेसको झण्डा स्वाभाविक लाग्ने थियो, तर राजाको स्वागतमा राष्ट्रिय झण्डा ल्याउने कुरा हुँदैन थियो भन्ने कुरा अलि मिल्दो भने लाग्दैन । राजाले बीपीको मनितो भने राखेका छन्, भ्रमणमा बीपीका विरोधीहरूलाई नभेटेर । बरु बीपीले नै भन्नुप¥यो, ‘सरकारका क्याम्पमा जोेजो भेट्न आउँछन् भेट्नुपर्छ ।’ अनि बल्ल राजाले सबैलाई भेट्न लागे ।

किताबको परिच्छेद ४९ मा गण्डक सम्झौताको कुरा छ । राजालाई यस सम्झौतामा के भइरहेको छ, त्यसको औपचारिक जानकारी गराइएको रहेनछ । उनले आपैmँ बुभ्mदा केही कमजोरी भएको महसुस भएछ । यस कुरालाई उनले बीपीको ध्यान अनौपचारिक रूपले आकृष्ट गर्न गोदावरीमा चिया खान लिएर गए । गण्डकको नक्सा पैmलाएर त्यस विषयमा छलफल भयो । राजाले माछा मार्ने हकको कुरा निकाले । यो वास्तवमा त्यस क्षेत्रको स्वामित्वको कुरा थियो जसलाई ‘अरू केही पाएनन् राजाले, त्यो माछा मार्ने हकको प्रश्न उठाए’ भनेर हल्का रूपमा लिए । तर, हरिशमशेरले राजालाई दिएको बिन्तीपत्र भने उनले गम्भीर रूपमा लिए । राजाले त्यो बिन्तीपत्रको कुरा र त्यसबारे केही गर्न बीपीलाई भनेको उल्लेख भने किताबभरि कतै पाइन्न । राजाका ससुराले दिएको बिन्तीपत्रलाई भने उनी भन्छन्, ‘त्यो उनले एउटा ड्रामा गरेको पनि हुन सक्छ मेरो भूमिसुधारहरूका कस्ता प्रतिक्रिया हुन थालेका छन् भनेर ।’

परिच्छेद ५१मा अर्को घटनाको उल्लेख छ, त्यो हो इजरायल र पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापित गर्नेबारेको । पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापित गर्नुभन्दा पहिले बीपीले नेहरूको अनुमति लिए । नेहरूले भने, ‘अब नजिकैको पाकिस्तानसँग नगर्दा हाम्रै दबाबले नगरेको हो भनेर हामीलाई अप्ठ्यारो, तिमीहरूलाई पनि राम्रो हुँदैन । त्यो सम्बन्ध गरेकै असल छ ।’ यसले बीपीलाई पाकिस्तानसँग दौत्य सम्बन्ध जोड्न हरियो झण्डा देखायो । इजरायलसँग भने राजा त्यसबेला अरेबियन मुलुकको भ्रमणमा भएको हुनाले आफ्नो त्यो भ्रमण नसकिउन्जेल दौत्य सम्बन्ध नगर्न राजाले बीपीलाई पटकपटक आग्रह गरे । बीपीले त्यसमा ध्यान दिन आवश्यक नै ठानेनन् । यसलाई राजाको अनावश्यक हस्तक्षेप सम्झन पुगे । यो दौत्य सम्बन्ध स्थापित हुनेबित्तिकै राजाले अरेबियन मुलुकको भ्रमणलाई निरन्तरता दिन सक्ने वातावरण रहेन । कार्यक्रम बनिसकेको इजिप्टको भ्रमण बीचैमा रद्द गरेर फर्कनुप¥यो । स्वतन्त्र विवेचन हुने हो भने यो घटना पनि सामान्य भने होइन, मुलुकको वागडोर लिएर बसेको कसैले पनि आफ्नो व्यक्तिगत छविको निमित्त अन्य पक्षहरूमाथि विचार नपु¥याउनु पक्कै राम्रो भने होइन । (क्रमशः)