
पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुल्तान सहरमा रहेको एक फास्टफुड रेस्टुरेन्टमा यतिबेला ग्राहकको भीड लाग्ने गरेको छ । पिज्जा डट कम नामक रेस्टुरेन्टमा ग्राहकलाई खाना सर्भ गर्न ‘रोबोट महिला वेटर’ प्रयोग गरिएपछि ग्राहकको आकर्षण बढेको हो । खाना पस्किन महिला अवतारको रोबोट प्रयोग गरेपछि मुल्तान आसपासका सहरबाट समेत ग्राहक ओइरिन थालेका छन् । रेस्टुरेन्ट मालिक सैयद अजिजका इन्जिनियर छोराले निर्माण गरेको सो महिला रोबोटले रेस्टुरेन्टको आम्दानीमा कायापलट गरिदिएको अजिजले खुलासा गरेका छन् । २५ केजी तौल रहेको वेटर रोबोट पाँच केजी तौलसम्मको खानेकुराको थाली बोकेर ग्राहकसम्म पुग्न र ग्राहकलाई अभिवादन गरी काउन्टरसम्म फर्कन सक्षम छ ।
प्रतिक्रिया