धार्मिक आस्थाका धरोहर समेट्दै राजधानीमा महोत्सव हुने

धार्मिक आस्थाका धरोहर समेट्दै राजधानीमा महोत्सव हुने


Pashupati-Nath

मुलुकका विभिन्न भागमा अनेक उत्सव–महोत्सव आयोजना भइरहेका छन् । यसै सिलसिलामा काठमाडौं उपत्यकामा रहेका विभिन्न शक्तिपीठलगायत धार्मिक आस्थाका धरोहरहरूलाई एकै स्थानमा स्थापना गरी धार्मिक महोत्सव आयोजना गरिने भएको छ । श्रीनाथ शक्तिधामको आयोजनामा आगामी वैशाख दोस्रो साता सञ्चालन गर्न लागिएको उक्त धार्मिक महोत्सवअन्तर्गत विभिन्न धार्मिक योजनाहरू समेत सञ्चालन गरिने आयोजक संस्थासम्बद्ध नवीनचन्द्र श्रेष्ठले जानकारी दिए । तीनकुनेस्थित सरस्वती युवालयमा बसेको आयोजक संस्थाको बैठकले ध्रुवनारायण श्रेष्ठको अध्यक्षतामा महोत्सव आयोजना तयारी समिति गठन गरेको जानकारी दिइएको छ ।