
राजधानीमा राप्रपा ओपन फुटसल टुर्नामेन्ट प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंस्थित बिजी फुटसल टाउन प्लानिङ्गमा चौबिस फुटबलटोलीले सहभागिता जनाएको प्रतियोगितामा प्रथम द्वितिय र तृतीय हुनेहरुलाई नगदसहितको पुरस्कार प्रदान गरियो ।
नविन खड्काको संयोजकत्वमा भएको उक्त प्रतियोगितामा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रतियोगितामा उत्कृष्ट हुने महत म्यानपावर फुटबल क्लब, केज्ड फुटबल क्लब र सुटर फुटबल क्लबले क्रमशः प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । कार्यक्रममा मन्त्री गिरीले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गरेका थिए ।
कार्यक्रममा मन्त्री गिरीले युवाहरुमाझ लोकप्रीय रहेको खेलको वृद्धि विकास अपरिहार्य रहेको उल्लेख गर्दै युवाहरुलाई रोजगारको लागि खाडी मुलुक प्रवेश नगराएर स्वदेश मै स्वावलम्बी, स्वरोजगार बनाउनको लागि राप्रपाले सधैँ विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।
राप्रपा जिल्ला सभापति नवराज सिंखडाले भने– राजतन्त्र र हिन्दुराज्यको लागि नेपाली जनता अझै पनि लड्न तयार छन् । जनमत संग्रह भए पनि जनताले हाम्रो मागलाई समर्थन दिने छन् ।
राप्रपा सभापति सिंखडा र वडाध्यक्ष सुुशील कुमार भट्टराईले संयुक्त रुपमा विजेताहरुलाई नगदसहित पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमको अन्त्य गर्दै वडाध्यक्ष भट्टराईले संयोजक नविन खड्काको कामको प्रशंसा गर्दै युवालक्षित अन्य कार्यक्रम ल्याएमा राप्रपाले विशेष सहयोग गर्ने आश्वासन दिए ।
प्रतिक्रिया