मित्रराष्ट्र भारतद्वारा नेपाली जुट उत्पादनमा सहुलियत

मित्रराष्ट्र भारतद्वारा नेपाली जुट उत्पादनमा सहुलियत


जुट उत्पादनमा

भारत सरकारले नेपाली जुट उत्पादनमा लगाउँदै आएको सीभीडी (Countervailing Duty) खारेज गरिदिएको छ । अनेक बाधा–व्यवधानका कारण नेपालका जुट उद्योगहरू रुग्णावस्थाबाट गुज्रिएको परिवेशमा भारत सरकारले लगाएको सीभीडीका कारण जुटको भारत निर्यातमा रोक लगाइएको थियो भने नेपाल सरकारले भारतसमक्ष सीभीडी हटाउन आग्रह गर्दै आएको थियो । भारत सरकारले जुट उत्पादनमा सीभीडी मुक्त गराउनुका अलावा सीमा शुल्कमा समेत लेवी छुट गर्ने भएको छ । यसबाट नेपाली जुट उद्योगीलाई राहत पुग्ने र नेपाली जुटको भारत निर्यातमा बढावा पुग्ने अपेक्षा गरिएको छ ।